४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

बूढेसकालको सहारा वृद्धभत्ता

बूढेसकालको सहारा वृद्धभत्ता
अ+ अ-

पाल्पा । बूढेसकालमा शरीरमा जोस, जाँगर र फुर्तिलोपनको अभाव हुन्छ । काम गर्न नसक्दा अरुसँग नै परनिर्भर हुनुपर्ने हुन्छ । शरीर फुर्तिलो नहुँदाको पीडामा रहेका बेला सामाजिक सुरक्षा भत्ता जीवन जिउनका लागि साहारा बनेको छ ।

सरकारले प्रदान गर्ने सामाजिक सुरक्षाभत्ता दलित समुदायका ६० वर्ष र गैरदलित समुदायमा ७० वर्षदेखि वितरण गर्छ । सामाजिक सुरक्षाभत्ता पाउँदा बूढापाकाको जीवनमा खुशीसँगै उत्साह थपिएको छ ।

पाल्पा रिब्दीकोट गाउँपालिका–५, कुसुमखोलाका ७५ वर्षीय शिवकुमारी थापालाई बिरामी हुँदा औषधिमूलो गर्न र पोसिलो आहारा खान सामाजिक सुरक्षाभत्ताले सहयोग गरेको छ । “सानोतिना खर्च गर्नका लागि छोराबुहारीसँग पैसा माग्नुपर्दैन, बूढेसकाल लागेपछि बिरामी हुँदा ऋण खोज्नुपर्दैन”, थापाले भन्नुभयो । उपचारका नाममा पैसा नहुँदा अरुसँग पैसा माग्न हात थप्नुपर्ने बाध्यता हटेकोमा थापा खुसी हुनुहुन्छ । मासिक दुई हजार सामाजिक सुरक्षाभत्ता पाउने व्यवस्था छ । थप रु एक हजार स्वास्थ्योपचार खर्च गरी मासिक रु तीन हजार भत्ता पाउँदा थापाको अनुहारमा खुशी देखिन्छ । “सरकारले हामीजस्ता बूढाबूढीलाई न्याय गरेको छ, अझै राम्रो काम गर्नुपर्छ । साउनदेखि वृद्धभत्ता बढाएकोमा खुशी लागेको छ”, थापाले थप्नुभयो ।

रिब्दीकोट गाउँपालिका–४ खस्यौलीका ७१ वर्षीया शोभालक्ष्मी ढकाल वडा कार्यालयबाट सामाजिक सुरक्षाभत्ता पाउँदा खुशी हुनुहुन्छ । दुई छोरा र बुहारीसमेत रहेका ढकालले पोसिलो आधार र औषधि उपचारमा नै खर्च हुने सुनाउनुभयो ।

वृद्धभत्ता बुझ्न आउँदा पुराना साथीसँग भेट हुन्छ । एकअर्काका दुःखसुख आदानप्रदान हुन्छ । हामीलाई पुराना मान्छेका पुरानै कुरा भनेझँै बूढापाका भेट हुँदा खुशी लाग्ने ढकालको भनाइ थियो । रिब्दीकेट गाउँपालिका डुम्रेखर्ककी शान्ति रुचाल अहिले घरमा एक्लै बस्नुहुन्छ । एउटा सानो घरमा दिनरात एक्लै बिताउनुपर्छ । साँझ बिहान एक्लै खाना पकाउनुपर्छ । एक्लै बसेका वृद्धालाई सरकारी भत्ताले ठूलो गुन लगाएको छ । रुचालले चार महिनामा रु आठ हजार सामाजिक सुरक्षाभत्ता बुझेर आफ्नै दैनिक खर्च चलाउनुहुन्छ ।

सामाजिक सुरक्षाभत्ताले घरमा साँझ बिहान चुलोमा आगो बाल्न सहयोग जुटेको छ । नुन, तेल, चामल, दालसमेत किन्न सहयोग पुगेको छ । एकल महिला तथा सन्तान गुमाएका आमाहरुका लागि सरकारी भत्ताले खुशी मात्रै ल्याएको छैन कि जीवनभर बाँच्न सहयोग पु¥याएको छ ।

खस्यौलीका तुल्सीप्रसाद नेपाल लौराको साहारामा हिँड्डुल गर्नुहुन्छ । शरीर कमजोर बनेको छ । ७४ वर्षीय नेपाल चार महिनामा १२ हजार सामाजिक सुरक्षाभत्ता पाउँदा खुशी हुनुहुन्छ । वृद्धवृद्धालाई मात्र होइन, सरकारले एकल महिलाका लागि मासिक रु दुई हजार भत्ता दिन्छ । सामाजिक सुरक्षाभत्ता वितरणले परिवारमा एक्लै जीवन जिउने, वृद्ध अवस्थामा औषधि उपचार, खानपिन तथा चाडपर्व राम्रोसँग मनाउन पाइएको प्रतिक्रिया वृद्धबृद्धाको रहेको पाइन्छ ।

रिब्दीकोट गाउँपालिकाका अनुसार गत आवमा रु चार करोड ६१ लख ६५ हजार ६६९ को बजेट सामाजिक सुरक्षाभत्ता शीर्षकमा प्राप्त भएको थियो । जसमध्ये रु सात लाख २४ हजार ८९० फिर्ता भएको गाउँपालिकाको भनाइ छ । विसं २०५१ मा मोहनमन अधिकारी प्रधानमन्त्री हुँदा सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालिएको थियो ।