८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ पुगेर प्रचण्डले भने : अब कुनै कन्फ्युजन छैन, बाटो साफ छ



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा एउटा अध्यक्षले सरकार र अर्कोले पार्टी बलियो बनाउने बताएका छन् । शनिबार बागलुङ पुगेका प्रचण्डले अब कुनै कन्फ्युजन नरहेको बताएका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र आफूले पार्टीलाई बलियो बनाउने उनले बताए। ‘अब पार्टीमा कुनै कन्फ्युजन छैन,’ चुनाव प्रचारका लागि शनिबार बागलुङ पुगेका प्रचण्डले भने, ‘एउटाले सरकार, अर्कोले पार्टी बलियो बनाउने हो।’

उनले नेपालका भूमि भारतीय नक्सामा समावेश भएकोबारे विवाद समाधानका लागि सरकारले पहल थालिसकेको र ‘नेपालका भूमि समावेश गरेको नक्सा हामीलाई मान्य छैन। जुनसुकै पहल लिन तयार छौं भनेका थियौं। पहल सुरू भइसकेको छ,’ उनले भने।

अतिक्रमित भूमि फिर्ता र नक्सा पनि सच्याउनुपर्ने माग राखेर विभिन्न दलले सडकमा प्रदर्शन गर्दा अध्यक्ष प्रचण्डले पनि आफ्नो भूमिबारे देश एकतावद्ध भएको बताए। सरकारले सर्वदलिय बैठक गरिसकेको बताउँदै उनले भारतसँग सीमा विवादबारे सरकार र पार्टीले पहल थालेको बताएका हुन्।

प्रचण्डले बागलुङको प्रदेशसभामा मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपाबाट पनि राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाही साझा उम्मेदवार भएको बताए। २०७४ सालमा भएको निर्वाचनमा वामगठबन्धनबाट जनमोर्चाले नै यो क्षेत्र जितेको थियो।