२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फको उपाध्यक्षमा उद्योगी प्रबलजंग पाण्डे निर्वाचित भएका छन् । बुधबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार पाण्डेले बहालवाला उपाध्यक्ष ज्योत्सना श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार पाण्डेले कुल १०७९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठ सुब्बाले ७५० मत प्राप्त गरेकी छन् । मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता बनाउँदै आएका पाण्डेले अन्तिमसम्म पनि आफ्नो अग्रता कायम राख्दै निर्णायक जित हात पारेका हुन् ।

यस जितसँगै नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिमा एसोसिएट क्षेत्रको नेतृत्व पाण्डेले सम्हाल्ने निश्चित भएको छ । निर्वाचन समितिले अन्तिम औपचारिक घोषणा गर्ने तयारी गरिरहेको जनाएको छ ।

यसैगरी महासंघको निर्वाचनअन्तर्गत महिला सदस्यतर्फ जमुना माथेमा र अभिज्ञा मल्ल विजयी भएका छन् । मत परिणामअनुसार जमुना माथेमाले ११४६ मत प्राप्त गरेकी छन् भने अभिज्ञा मल्लले १०१४ मत हासिल गरेकी छन् । त्यस्तै जमुना पौडेलले ७०२ मत र शोभा ज्ञवालीले ७२१ मत प्राप्त गर्दै पराजित भएका छन् ।

यससँगै महासंघको वस्तुगत, जिल्ला–नगर र एसोसिएट गरी तीनै क्षेत्रका उपाध्यक्ष पदको निर्वाचन परिणाम सार्वजनिक भएको छ । यसअघि नै वस्तुगततर्फ नरेशलाल श्रेष्ठ तथा जिल्ला–नगरतर्फ कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भइसकेका थिए ।