४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति र विश्वास प्रवद्र्धन गर्न पछि पर्न हुँदैन : गृहमन्त्री



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले बुद्धका शिक्षा र सदाचारका पाठ वर्तमान युगमा पनि उत्तिकै सामयिक भएकाले समाजमा शान्ति र विश्वास प्रवद्र्धन गर्न हामी पछि पर्न हुँदैन भन्नुभएको छ ।

अन्तर्राष्ट्रिय बौद्ध एकता सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले आफ्नो देश र जनताको सुख शान्तिका निम्ति मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले द्वन्द्व र युद्धको विभिषिकाबाट जोगाउने बुद्ध मन्त्रप्रति सबैले आत्मबोध गरी बौद्ध शिक्षालाई आत्मसात गरेमात्र वास्तविक शान्ति र आत्मसन्तुष्टि प्राप्त हुने बताउनुभयो । उहाँले समाज सुधार, एकता र विश्व शान्तिका निम्ति बुद्ध वाणी प्रेरक छन् भन्नुभयो ।

दुईदिने उक्त सम्मेलनमा आयोजक समितिका संयोजक वसुन्धरा श्रेष्ठले बर्सेनी बौद्ध एकता सम्मेलन आयोजना गरिने जानकारी दिनुभयो ।
सम्मेलनमा श्रीलङ्काबाट १५, थाइल्यान्डबाट २०, चीनबाट १२ र भारतबाट ४० गरी ८५ जना विदेशी र ५० जना स्वदेशी भिक्षुभिक्षुणी सहभागी हुनुहुन्छ ।
यस्तै गृह मन्त्रालयले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ ।

मन्त्रालयले आज सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मङ्सिर १० गतेभित्र हतियार बुझाउन अनुरोध गरेको हो ।

सूचनामा ‘हातहतियार खरखजाना ऐन २०१९’ को दफा ८ अनुसार सम्बन्धित जिल्लाका व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरूपमा बुझाउन भनिएको छ ।