३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनः मतगणना कार्य जारी



अ+ अ-

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य अहिले जारी रहेको छ ।
नयाँ नेतृत्वका लागि काठमाडौंमा सम्पन्न मतदान प्रक्रियापश्चात मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना शुरु गरेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र कार्यकारिणी सदस्य पदका लागि भएको यस निर्वाचनमा विभिन्न प्यानल बनाएर उद्योगी व्यवसायीहरू चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।

निर्वाचन समितिले दिएको जानकारीअनुसार हाल विभिन्न क्लस्टरतर्फको मतगणना भइरहेको छ र परिणामहरू क्रमशः सार्वजनिक गर्ने तयारी गरिएको छ । निर्वाचनमा देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एशोसिएट सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ । अन्य पदहरूको अन्तिम मतपरिणाम प्राप्त भएलगत्तै नयाँ कार्यसमिति घोषणा गरिने निर्वाचन समितिले जनाएको छ