३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली एक ठाउँमा उभिएका बेला सीमा विवाद मिलाउनुपर्छ : प्रवक्ता शर्मा



अ+ अ-

दाङ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सीमा विवादका विषयमा सरकारले कूटनीतिक पहल थाल्नुपर्ने बताउनुभएको छ ।

दाङमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्य मुद्दा अहिलेको अवस्थामा गौण भएको भन्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी मिचेर भारतले नक्शा सार्वजनिक गरेकाले यसलाई गम्भीरतापूर्वक सरकारले लिनुपर्ने बताउनुभयो ।

“सरकारकै नेतृत्वमा यस विषयमा संवाद हुनुपर्छ, कालापानीबाट भारतीय सेना फिर्ता गर्नुपर्छ, यो विषयमा काँग्रेस सरकारको साथमा छ, सरकारले गम्भीर ढङ्गले कूटनीतिक पहल गर्नुपर्छ”, शर्माले भन्नुभयो । उहाँले काँग्रेस सरकारमा रहेका बेला पनि भारतीय सेना कालापानीमा भएको र त्यो बेला देशमा विभिन्न समस्या रहेका कारण समस्या समाधान गर्न नसकिएको स्पष्ट पार्नुभयो ।

“अहिले मुलुकमा दुई तिहाइको सरकार छ, त्यसमा पनि काँग्रेसले समर्थन गरेपछि सबै नेपाली एक ठाउँमा उभिएका बेला सीमा विवाद मिलाउनुपर्छ”, उहाँले भन्नुभयो, “यो विषयमा प्रतिपक्ष र सिङ्गो देश सरकारको पक्षमा रहेकाले ढिला गर्नु हुँदैन ।”