२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु



अ+ अ-

काठमाडाैँ । इरानको राजधानी तेहरानबाट करिब ३० किलोमिटर पश्चिममा अन्डिशे सहरमा अवस्थित अर्गावन कमर्शल कम्प्लेक्स सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै ३६ जना घाइते भएको इरानको आइआरआइबी टेलिभिजनले जनाएको छ ।

यो भवनमा भवनमा २५० भन्दा बढी व्यापारिक एकाइहरू सञ्चालनमा रहेको जनाइएको छ । इरानी विद्यार्थी सङ्गठन (आइएसएनए) ले एन्डिशे शहरको अग्नि नियन्त्रण विभागका प्रमुख अली पाइदारनलाई उद्धृत गर्दै स्थानीय समय अनुसार वेलुका ४ः४० मा आगलागी भएको रिपोर्ट गरिएको थियो । भवनको अग्रभागमा प्रयोग गरिएको मिश्रित सामग्रीका कारण आगो छिठै फैलिएको पाइदरनले बताए ।

आइएसएनएले इरानको रेड क्रिसेन्ट सोसाइटीलाई उद्धृत गर्दै तालिम प्राप्त कुकुरहरूसहित उद्धार खोजी र उद्धारका लागि घटनास्थलमा रहेको बताएको छ ।