१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

उपनिर्वाचन: आफ्नो पक्षमा जनमत कायमै रहेको देखाउनेमा नेकपा, सरकारका पक्षमा जनमत खस्किँदै गएको देखाउनमा कांग्रेस

उपनिर्वाचन: आफ्नो पक्षमा जनमत कायमै रहेको देखाउनेमा नेकपा, सरकारका पक्षमा जनमत खस्किँदै गएको देखाउनमा कांग्रेस
अ अ+ अ-

काठमाडौं । सत्ता जोडघटाउमा प्रभाव नपार्ने भए पनि प्रमुख दुई दलले उपनिर्वाचनलाई जनमत सर्वेक्षणका रूपमा लिएका छन्। सत्तासीन नेकपाले आफ्नो पक्षमा जनमत कायमै रहेको देखाउन जित्नैपर्ने नीति लिएको छ भने कांग्रेसले सरकारका पक्षमा जनमत खस्किँदै गएको देखाउन उपनिर्वाचन जित्ने लक्ष्य राखेको छ। कास्की २ मा रिक्त प्रतिनिधिसभा र भक्तपुर १ को (१), बागलुङ २ को (२) र दाङ ३ को (२) मा प्रदेशसभा उपनिर्वाचन हुँदै छ।

यसअघि तीनवटै क्षेत्र सत्तासीन नेकपाले जितेको हो। निर्वाचन आयोगका अनुसार स्थानीय तहअन्तर्गत उपमहानगर प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ पदका लागि पनि उपनिर्वाचन हुँदै छ। सत्तासीन नेकपा र विपक्षी कांग्रेसका शीर्ष नेताहरू उपनिर्वाचन हुने क्षेत्रमा खटिएर जनमत आफ्नो पक्षमा पार्न सक्रिय छन्। नेकपाका नेताहरू यसअघि प्राप्त आफ्नै मतको संरक्षण गर्न सकेमात्र पनि चुनाव सजिलै जितिने विश्लेषण गर्छन्।

भक्तपुर १ को १ र बागलुङ २ को (२्र) मा उम्मेदवारी दिँदा उत्पन्न आन्तरिक विवादले चुनावमा ‘अन्तरघात’ को भय छ, सत्तासीन नेकपालाई। नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले यसअघि जितेका स्थानमा पार्टीलाई पुनः विजयी बनाउन र नयाँ ठाउँमा पनि जित सुनिश्चित गर्न उपनिर्वाचनमा जुट्न पार्टीमा आन्तरिक निर्देशन जारी गरिसकेका छन्। ‘सरकारका सही र सफल नीति तथा लोकतन्त्र, राष्ट्रियता र सामाजिकरआर्थिक रूपान्तरणका लागि हामीले चुनाव जित्छौं,’ नेकपा महासचिव विष्णु पौडेलले भने।

दुई दलबीच एकताका कारण पनि चुनाव जित्न सजिलो हुने महासचिव पौडेलको विश्वास छ।सरकारप्रति वितृष्णा बढेको र पार्टीका नेताहरू एक ठाउँ उभिएका कारण पार्टीले चुनाव जित्ने कांग्रेसको विश्वास छ। ‘उपनिर्वाचनलाई हामीले जनमत सर्वेक्षणका रूपमा लिएका छौं,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘हाम्रो पार्टीको गतिविधि बढेको छ। शीर्ष नेताहरू एक ठाउँमा छन्। सरकारको गतिविधिबाट जनता निराश छन्। त्यस कारण जनमत हामीलाई आउँछ।’

कास्की २ मा सत्तासीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा पुगेर चुनावी सभालाई सम्बोधन गरिसकेका छन। नेकपाका तर्फबाट महासचिव विष्णु पौडेलदेखि जनवर्गीय संगठनका नेताहरु पनि पोखरा पुगेर भोट मागिसकेका छन। दुई दलबीच मुख्य भिडन्त हुने कास्कीमा कांग्रेस सभापति देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, विश्वप्रकाश शर्मा र गगन थापा पनि पुगिसकेका छन्।

साझा पार्टीका रवीन्द्र मिश्र पनि पोखरा पुगेर मतदाता घरदैलो गरिसकेका छन्। भक्तपुर १ को (२) मा उम्मेदवारी दिँदा पार्टी भित्रै विवाद उत्पन्न भएपछि नेकपा नेता वामदेव गौतमको उपस्थितिमा उम्मेदवारी दर्ता गरिएको थियो। नेकपाका वरिष्ठ नेता माधव नेपाल र नारायणकाजी श्रेष्ठ पनि भक्तपुरमा पुगेर चुनावी सभा गरिसकेका छन्। कांग्रेस सभापति देउवा पनि भक्तपुरको चुनावी सभामा पुगिसकेका छन्। नेकपा अध्यक्ष दाहाल शनिबार मात्र बागलुङ पुगेर चुनावी सभा गरेका छन्।

बागलुङमा वाम गठबन्धनका तर्फबाट भन्दै राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई अघि सारिएको छ। त्यस क्षेत्रमा पनि कांग्रेसका कृष्णप्रसाद सिटौला लगायतका केन्द्रीय नेताहरु पुगेर सभा र प्रचार गरिसकेका छन्। दाङमा नेकपा अध्यक्ष दाहाल र मुख्यमन्त्री शंकर पोखरेललगायतका नेताहरुको उपस्थितिमा चुनावी सभा गरिएको छ। कांग्रेसका तर्फबाट प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका नेताहरु पुगेर आफ्ना उम्मेदवारका पक्षमा मत मागेका छन्।

आयोगका अनुसार १६ वटा नयाँ दर्ता भएका दलसमेत एक सय एक दलले उपनिर्वाचनमा भाग लिँदैछन्। आयोग दलहरुका लागि चुनाव चिह्न वितरण गरिसकेको छ। प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यमा ९५ दल र स्थानीय तहको सदस्यका पदमा ७८ दलले उपनिर्वाचनमा भाग लिने आयोगले जनाएको छ।

०७४ को निर्वाचनपछि थप भएका १६ हजार २ सय १९ मतदाताको उपनिर्वाचनमा मतदान गर्न पाउनेछन्। आयोगका अनुसार उपनिर्वाचनमा मतदाताको संख्या ४ लाख ५४ हजार १ सय १४ मतदाता छन्। मतदानका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन्। अन्नपुर्णपोष्ट दैनिकबाट