१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

नेपालमा सय पनि विद्यार्थी नहुने पाँच सय ४५ क्याम्पस

नेपालमा सय पनि विद्यार्थी नहुने पाँच सय ४५ क्याम्पस
अ अ+ अ-

काठमाडौं । देशभर सय पनि विद्यार्थी नभएका पाँच सय ४५ क्याम्पस छन् । सय पनि विद्यार्थी नहुनेमा विभिन्न विश्वविद्यालयका आंगिक, सामुदायिक र निजी क्याम्पस छन् । विश्वविद्यालय अनुदान आयोगले तयार पारेको एजुकेसन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (इएमआइएस) २०१८ अनुसार सयभन्दा कम विद्यार्थी हुनेमा निजी कलेज धेरै छन् । दुई सय ७४ निजी, दुई सय ५२ सामुदायिक र १९ आंगिक क्याम्पसमा विद्यार्थी संख्या सयभन्दा कम रहेको आयोगले जनाएको छ ।

उसका अनुसार देशभर सामुदायिक पाँच सय आठ, आंगिक एक सय ३७ र निजी सात सय ८० गरी एक हजार चार सय २५ क्याम्पस छन् । सय एकदेखि दुई सयसम्म विद्यार्थी हुने क्याम्पसको संख्या दुई सय ८१ छ । यो सूचीमा सामुदायिक एक सय एक, आंगिक १३ र निजी एक सय ६७ कलेज छन् । त्यस्तै, दुई सय एकदेखि पाँच सयसम्म विद्यार्थी हुने क्याम्पस दुई सय ९३, पाँच सय एकदेखि दुई हजार विद्यार्थी हुने एक सय ८६ र दुई हजारभन्दा बढी विद्यार्थी हुने क्याम्पस संख्या २६ छ ।

देशभर ११ विश्वविद्यालय र ६ मानित विश्वविद्यालय (प्रतिष्ठान) छन् । उच्च शिक्षामा छात्राहरूको सहभागिता उत्साहजनक रूपमा वृद्धि भएको छ । भर्नादरमा छात्राको संख्या बढेर ५५.५९ प्रतिशत पुगेको छ । ‘जेन्डर पारिटी इन्डेक्स’को हिसाबले १.११ हो । स्नातक तहमा छात्राहरूको संख्या सबैभन्दा बढी छ । आयोगको रिपोर्टअनुसार स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको कुल संख्या तीन लाख ६४ हजार सात सय २९ रहेकोमा छात्र एक लाख ६८ हजार आठ सय ५७ र छात्रा एक लाख ९५ हजार आठ सय ७२ छन् ।

माथिल्ला तहमा भने छात्राभन्दा छात्रको संख्या बढी छ । स्नातकोत्तर तहमा कुल ५६ हजार तीन सय चार विद्यार्थी रहेकामा छात्र २९ हजार सात सय ७३ र छात्रा २६ हजार पाँच सय ३१ छन् । त्यसैगरी एमफिलमा छात्र सात सय ५८ र छात्रा एक सय ५८ छन् । पिएचडी अध्ययन गर्ने छात्र एक हजार पाँच सय ८४ रहेकामा छात्राको संख्या भने तीन सय २२ मात्र छ ।

सन् २०१८ मा कुल चार लाख २३ हजार नौ सय ९६ मध्ये छात्र दुई लाख एक हजार १५, र छात्रा दुई लाख २२ हजार नौ सय ८१ छन् । सबैभन्दा बढी विद्यार्थी सामुदायिक क्याम्पसमा अध्ययनरत छन् । सामुदायिक क्याम्पसमा ८३ हजार ८४, आंगिकमा ६१ हजार चार सय ९४ र निजीमा ७८ हजार चार सय तीन विद्यार्थी छन् ।

५० प्रतिशतभन्दा बढी विद्यार्थी प्रदेश ३ मा:सात प्रदेशमध्ये सबैभन्दा बढी उच्च शैक्षिक संस्था र विद्यार्थी प्रदेश ३ मा छन् । रिपोर्टअनुसार प्रदेश ३ मा मात्र ५०.८८ प्रतिशत विद्यार्थी अध्ययनरत छन् । सबैभन्दा कम कर्णालीमा ३.३१ प्रतिशत विद्यार्थी छन् । सुदूरपश्चिममा ६.३३, प्रदेश २ मा ७.०५, गण्डकीमा ८.८८ प्रतिशत विद्यार्थीले उच्च शिक्षा लिइरहेका छन् । त्यसैगरी प्रदेश १ मा ११.४० र प्रदेश ५ मा १२.१६ प्रतिशत विद्यार्थीले उच्च शिक्षा लिइरहेका छन् ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदी भन्छन्ः नक्सांकनविना क्याम्पस स्थापना गर्दा समस्या: गाउँतिरका क्याम्पसमा विद्यार्थी संख्या कम छन् । पहिले क्याम्पस खोल्न होड नै चल्यो । खासगरी शिक्षाशास्त्र र मानविकी पढाउने क्याम्पस बढी खोलिए । यी संकायमा विद्यार्थी संख्या कम हुँदै गयो । साना सहरमा पनि आवश्यकताभन्दा बढी क्याम्पस खोलिएका छन् ।

कुनै एक विचार हुने समूहले क्याम्पस सञ्चालन गरेपछि फरक समूहले पनि क्याम्पस खोल्ने अस्वस्थ प्रतिस्पर्धा भयो । अहिले धेरैले त्यो महसुस गरेका छन् । नक्सांकनविना क्याम्पस स्थापना गर्दा अहिले समस्या आएको हो ।

कस्ता कार्यक्रममा विद्यार्थी उपलब्ध हुन्छन् भन्दा पनि कुन विषयका शिक्षक पाइन्छन् भनेर क्याम्पस खोल्दा समस्या आएको हो । विद्यार्थी कम भएका क्याम्पस सञ्चालन गर्न कठिन छ । त्यस्ता क्याम्पस मर्ज गरेर पनि सञ्चालन गर्न सकिन्छ । नयाँ पत्रिका दैनिकबाट