१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

डाक्टर उत्पादन गर्ने थलो बदनाम बन्दै, आन्दोलनले थला पर्यो मेडिकल कलेज

डाक्टर उत्पादन गर्ने थलो बदनाम बन्दै, आन्दोलनले थला पर्यो मेडिकल कलेज
अ अ+ अ-

काठमाडौं । डाक्टर उत्पादन गर्ने थलो मेडिकल कलेज अहिले आन्दोलनले थला परेको छ । मेडिकल कलेजले विद्यार्थीबाट करोडौं रुपैयाँ अतिरिक्त शुल्क लिएपछि विद्यार्थीहरूले विकल्पको रूपमा सडक रोजेका छन् । देशभर सरकारी र निजी गरी २२ मेडिकल कलेज छन् । आन्दोलनकै कारण देशभरका प्रायः मेडिकल कलेजमा पठनपाठन प्रभावित बनेको छ भने चारवटा मेडिकल कलेजको पढाइ ठप्प छ ।

वीरगन्जस्थित नेसनल मेडिकल कलेज, चितवन मेडिकल कलेज, भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र कास्कीस्थित गण्डकी मेडिकल कलेजमा पठनपाठन हुन सकेको छैन । सरकारले दिएको अल्टिमेटम सोमबार सकिँदै छ । सोमबारसम्म शुल्क फिर्ता नगरे मन्त्रिपरिषद्को निर्णयअनुसार कलेज सञ्चालकहरूलाई स्थानीय प्रशासनमार्फत कारबाही प्रक्रिया अघि बढाउने भनिएको छ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका प्रवक्ता हरि लम्सालले तोकिएको भन्दा बढी शुल्क असुल्न नमिल्ने बताए ।

देशभर रहेका १२ मेडिकल कलेजले २ अर्ब ८५ करोड रुपैयाँ ठगी गरेको निष्कर्ष निकालिसकेको छ । ती मेडिकल कलेजमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सूक्ष्म अध्ययन अघि बढाएको छ । सरकारले पटकपटक अतिरिक्त शुल्क असुलेका मेडिकल कलेजलाई कारबाहीको दायरामा ल्याउन भने पनि कार्यान्वयनमा आउन सकेको छैन । कास्कीको गण्डकी मेडिकल कलेजमा विद्यार्थीको आन्दोलन ११ दिनदेखि जारी छ । तालाबन्दीका कारण पढाइ हुन सकेको छैन । गत फागुनदेखि शुल्क फिर्ता माग गर्दै विद्यार्थीले आन्दोलन सुरु गरेका थिए ।

पटकपटक शुल्क फिर्ता गर्ने सहमतिमा आन्दोलन स्थगित भए पनि विद्यार्थीले कलेजले लिएको बढी रकम पाएका छैनन् । विद्यार्थीको आन्दोलनकै कारण चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमले लिने वार्षिक परीक्षा पनि स्थगित गरिएको छ । २० कात्तिकदेखि सुरु हुनुपर्ने परीक्षा एक महिना पर सारिएको हो । यसैबीच, अतिरिक्त शुल्क फिर्ताको माग गर्दै चितवनका विद्यार्थीले आइतबार अभिभावकसहित प्रदर्शनको तयारी गरेका छन् । गण्डकी मेडिकल कलेजमा पनि आन्दोलन नरोकिएको विद्यार्थी अनित सिन्हाले बताए ।

प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको थियो । छानबिनका क्रममा मेडिकल कलेजहरूले प्रतिविद्यार्थी २ लाखदेखि २५ लाख ४१ हजार रुपैयाँसम्म अतिरिक्त शुल्क उठाउने गरेको पाइएको छ । नेपालमा चिकित्सा शिक्षाको विकास नयाँ शिक्षा योजनाको कार्यान्वयनसँगै त्रिभुवन विश्विद्यालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानको स्थापना भएको हो ।

नेपालका मेडिकल कलेजहरूको शुल्क, सम्बन्धन र गुणस्तरका सम्बन्धमा समीक्षा र पुनरावलोकन गर्न उच्चस्तरीय समिति २०६८’ गठन भएको थियो । सो समितिले सरकारलाई प्रतिवेदन बुझाउँदै शुल्क, सम्बन्धन र गुणस्तरका बारेमा सरकारलाई सुझाव दिएको थियो ।समितिको प्रतिवेदनले चार बर्षे एमबीबीएस अध्ययनमा प्रतिविद्यार्थी २७ लाख ४२ हजार दुई १४ रुपैयाँ शुल्क कार्यान्वयन गर्दा कलेजलाई राम्रै मुनाफा हुने ठहर गरेको थियो ।

त्यस्तै, सम्बन्धन र सिट निर्धारणमा पनि भौतिक पूर्वाधार र फ्याकल्टी हेरेर मात्र दिनुपर्ने सुझाव दिएको थियो । शिक्षा मन्त्रालयको शुल्क अध्ययन समितिले त्यसबेला एमबीबीएस पढ्न ३१ लाख रुपैयाँ शुल्क लिन पाउने सिफारिस गरेको थियो । सो सिफारिस कार्यान्वयन नभइरहेको अवस्थामा मन्त्रिपरिषद्ले पछिल्लो प्रतिवेदन पनि थन्काएरै राख्यो । अनशनकै बलमा सरकारले मेडिकल कलेजहरूको बेथिति अन्त्य गर्न भन्दै २०७१ सालमा प्राडा केदारभक्त माथेमाको संयोजकत्वमा आठ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरेको थियो ।

माथेमा प्रतिवेदनले शुल्क, सम्बन्धन, सिट निर्धारणलगायतका आठ बुँदामा सरकारलाई सुझाव दिएको थियो । सुझावमा एमबीबीएस तहको कार्यक्रमको शुल्क अधिकतम ३५ लाख रुपैयाँ तोक्ने र यसलाई दामासाहीले वार्षिक रूपमा लिने व्यवस्था गर्ने भनियो । तर, मेडिकल कलेजहरूले सो शुल्क कार्यान्वयन नगरेपछि चिकित्सा शिक्षा शुल्क विवादले उग्र रूप लिँदै गएको पाइएको छ ।माथेमा आयोगको प्रतिवेदनलाई कार्यान्वयन गराउनुपर्ने भन्दै प्राध्यापक डा. गोविन्द केसी पटकपटक अनशन बसेका थिए ।

केसीको अनशनबाट चिकित्सा क्षेत्रमा भएका सुधारमध्ये शुल्क निर्धारण पनि प्रमुख थियो । चिकित्सा शास्त्र शुल्क निर्धारण समितिले उपत्यकाभित्र एमबीबीएसतर्फ ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार शुल्क तोकेको छ । त्यस्तै, बीडीएसतर्फ १९ लाख ३२ हजार ६१२ रुपैयाँ निर्धारण गरेको थियो ।

विद्यार्थीहरूको आन्दोलन चर्किदै गएपछि काउन्सिलले त्रिविका उपकुलपतिलाई २२ फागुनमा पत्राचार गरेर शुल्कको समस्या रहेका अन्य मेडिकल कलेजहरूलाई कारबाही अगाडि बढाउन निर्देशन दिएको थियो । तर, त्रिभुवन विश्वविद्यालयले सो समयमा कार्यान्वयनमा चासो नदेखाएपछि विद्यार्थीहरू आन्दोलनमा छन् ।

मेडिकल कलेज हाताबाटै पेस्तोल बरामद: चितवन मेडिकल कलेजको हाताबाट दुई थान गोलीसहित पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवन प्रहरी प्रवक्ता डीएसपी एकनारायण कोइरालाका अनुसार कलेजको होस्टेल कम्पान्डभित्र टीटी बल खेल्ने स्थान नजिकैबाट कपडाको झोलामा बेवारिसे अवस्थामा रहेको दुई थान गोली भएको पेस्तोल बरामद भएको हो ।

यसबारे सोधपुछका लागि कलेजका पाँच गार्डलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन प्रहरी प्रवक्ता कोइरालाले भने, ‘यो घटनामाथि थप अनुसन्धान भइरहेको छ । हामीले सोधपुछका लागि गार्डहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनमा बोलाएका छौं ।’ यस्तै, विद्यार्थीहरूले आज आइतबार तोकिएको विशाल प्रदर्शन कार्यक्रमलाई तुहाउन प्रहरी र कलेज प्रशासनले षड्यन्त्र रचेको बताएका छन् ।

विद्यार्थी कला अधिकारीले मेडिकल कलेजले आन्दोलन हुन नदिन अनावश्यक बखेडा झिकेको बताइन् । उनले भनिन्, ‘शनिबार तीन बजेतिर प्रहरी एक्कासि टीटी खेल्ने ठाउँतर्फ गए । सेक्युरिटी गार्डले नभेटाएको कसरी प्रहरीले भेटायो ।’ राजधानी दैनिकबाट