१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्मार्ट टेलिकमका सञ्चालक जोशी पक्राउ



अ+ अ-

काठमाडौं । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन्। ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

सीआईबीका अनुसार जोशीलाई सोमबार काठमाडौं महानगरपालिका–२ खुर्सानीटारबाट पक्राउ गरिएको हो। उनीमाथि सरकारी सम्पत्तिमा हानी पुर्‍याउने गरी बेइमानीपूर्वक कार्य गरेको आरोप लागेको छ।

स्मार्ट टेलिकमको अनुमति पत्र नवीकरण नभएपछि २०८० वैशाख ३ गतेदेखि स्वतः खारेज भएको थियो। त्यसपछि कम्पनीका सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो। तर ती सम्पत्तिको व्यवस्थापनमा अनियमितता भएको भन्दै अनुसन्धान अघि बढाइएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।