१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कृषकले जैविक प्रविधि सिकेपछि विषादी प्रयोगमा कमी

कृषकले जैविक प्रविधि सिकेपछि विषादी प्रयोगमा कमी
अ अ+ अ-

बनेपा । पाँचखाल नगरपालिकाले कृषकलाई जैविक विषादी तथा जैविक मल बनाउने प्रविधि सिकाएपछि विषादीको प्रयोगमा कमी आउन थालेको छ ।
नगरपालिकाले प्रशिक्षक कृषक उत्पादन गर्ने समेत उद्देश्यले ‘लभ ग्रिन नेपाल’को सहकार्यमा ६०० कृषकलाई एकीकृत शत्रुजीव व्यवस्थान प्रविधि (आइपीएम) कक्षा सञ्चालन गरी उक्त प्रविधि सिकाइको हो । नगरप्रमुख महेश खरेलले ‘पाँचखाल नगर, कृषि नगर’ भन्ने उद्देश्यअनुरुप कृषिमा थप परिवर्तन ल्याउन यस्तो योजना ल्याइएको जनाउँदै उहाँले माटो परीक्षण गरी सुधार गर्न प्रदेश नं ३ सरकारबाट प्राप्त माटो परीक्षण ल्याव सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

“अब प्रत्येक वडामा मोबाइल माटो परीक्षण गर्ने योजनामा छौँ”, नगरप्रमुख खरेलले भन्नुभयो । माटो सुधारका लागि कृषकलाई सहुलियत मूल्यमा प्रारम्भिक चरणमा एक लाख किलो चुन वितरण गर्ने योजना बनाइएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसबाट पाँचखालको उत्पादन क्षेत्रको माटोलाई पहिलेकै अवस्थामा ल्याइनेछ, क्षेत्र र माटोको अवस्था हेरी अग्र्यानिक खानयोग्य तरकारी उत्पादन गर्न कृषकलाई प्रेरित गरिनेछ ।”

पाँचखालको तरकारी खेतीलाई प्रवद्र्धन गर्न १० लाख लिटर क्षमताको ‘रिचार्ज’ पोखरी निर्माण गरिएको छ भने तरकारी उत्पादनमा असर पु¥याएको प्लाइ उद्योगलाई बन्द गराई इँटा उद्योगलाई वातावरणमैत्री बनाउन पत्राचार गरिएको छ । “तरकारीमा विषादी न्यूनीकरण गर्न तथा कम लागतमा तरकारी उत्पादन गर्न आइपीएम पाठशालाले थप मद्दत गर्ने अपेक्षासमेत गरेका छौँ”, नगरप्रमुख खरेलले भन्नुभयो ।

यसैगरी, पाँचखाल क्षेत्रको सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई तरकारी तथा अन्य बालीमा विषादी प्रयोग न्यूनीकरण सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । विद्यार्थीलाई अनाधिकृत विषादी प्रयोग गर्दा मानव स्वास्थ्य तथा कृषि तथा वातावरणमा पर्ने असरबारे गत भदौ दोस्रो साताबाट सचेतना गराउँदै आइएको हो ।
नगरको सहकार्र्यमा पाँचखाल क्षेत्रका विद्यालयका ९ र १० कक्षाका विद्यार्थीलाई कक्षामै विषादीको अनाधिकृत प्रयोगले मानव स्वास्थ्य तथा कृषि पर्यावरण प्रणालीमा पर्ने असरबारे भिडियो, अडियो तथा अन्य प्रस्तुतिबाट जानकारी गराउँदै आइएको लभ ग्रिन नेपालमा कार्यकारी निर्देशक नारायण ज्ञवालीले बताउनुभयो ।

सरकारी तथा निजीस्तरबाट सञ्चालित विभिन्न सेचतना कार्यक्रमले पाँचखालमा विषादी प्रयोग कम हुँदै गएको तथ्याङ्कले देखाएको छ । पाँचखाल क्षेत्रमा उत्पादित विभिन्न थरिका तरकारीमा विषादीको अवशेषको मात्र परीक्षण गर्दा खानयोग्य भन्दा पनि कम इमिसन रेट भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ३५ देखि ४५ इमिसन रेटसम्म भएका तरकारी खानयोग्य हो भने पाँचखाल क्षेत्रमा हाल १० देखि २० इमिसन रेटसम्मका तरकारी उत्पादन भइरहेका छन् ।