४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

माहुरीको मह काढ्दा अनुमति लिनुपर्ने

माहुरीको मह काढ्दा अनुमति लिनुपर्ने
अ+ अ-

खोटाङ । केपिलासगढी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रभित्र पाइने भीर माहुरीको मह काढ्दा अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ । लोपोन्मुख अवस्थामा पुगेको भीर माहुरीको मह पछिल्लो समय स्थानीयवासीले अवैध रुपमा काढ्ने र अन्यत्र निकासी गर्न थालेपछि नियन्त्रण र संरक्षण गर्न सो गाउँपालिकाले यस्तो व्यवस्था लागू गरेको हो ।

गाउँपालिकाभित्र पर्ने चारवटा वडामा मात्र पाइने भीर माहुरीको मह स्थानी केही व्यक्तिको समूहले मनपरी तरिकाले काढेर निकासी गर्न थालेपछि गाउँ कार्यपालिकाको बैठक बसेर नियन्त्रण गर्दै संरक्षण गर्ने अभियान शुरु गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताउनुभयो ।

“सामुदायिक र सार्वजनिकस्थलमा हुने भिर माहुरीको महबाट निश्चित व्यक्तिले मात्र फाइदा लिने र लापरवाही गरेर मह काढ्दा माहुरी नै लोप हुने अवस्था आएको छ”, उहाँले भन्नुभयो, “अनुमति लिएर माहुरी काढ्दा संरक्षणमा समेत सहयोग पुग्ने भएकाले मिति तोकेर भिर माहुरीको मह काढ्ने व्यवस्था गरिएको हो ।”

गाउँपालिकाले गरेको निर्णयअनुसार मङ्सिर १५ देखि २५ गतेभित्र र जेठ १५ देखि २५ गतेभित्र भीर माहुरीको मह काढ्ने मिति तोकिएको छ । तोकिएको मितिमा माहुरी नमर्ने गरी मह काढ्न सबैलाई आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले गरेको निर्णयअनुसार आगामी दिनमा मह काढ्ने व्यक्ति तथा समूहले सम्बन्धित वडालाई खबर गर्नुपर्छ अनि वडाले गाउँपालिकालाई सूचना दिनुपर्ने व्यवस्था गरिएको छ । “भीर माहुरी र मह काढेको हेर्न इच्छुकका लागि गाउँपालिकाले प्रचारप्रसारसमेत गर्नेछ”, गाउँपालिका प्रमुख राईले भन्नुभयो, “यसले गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटकसमेत वृद्धि हुने अपेक्षा गरेका छौँ ।”

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सो गाउँपालिकाको बाक्सिला, फेदी, दिप्सुङ र सुङ्देलका ठूला भीरहरुमा लामो समयदेखि भीर माहुरी बस्ने गरेको छ । वर्षमा दुई पटक मङ्सिर र जेठमा काढ्न मिल्ने भीर माहुरीको मह सो क्षेत्रबाट वार्षिक रुपमा लाखौँ मूल्य बराबरको निकासी हुने गरेको स्थानीयवासीले बताएका छन् ।

परम्परागत प्रविधि अपनाएर काढ्दै आएको भीर माहुरीको मह यस वर्षबाट आधुनिक प्रविधि अपनाएर काढ्ने व्यवस्था मिलाइने गाउँपालिकाले जनाएको छ । मह काढ्ने मुख्य व्यक्तिले सुरक्षा पेटी (बेल्ट)समेत नलगाउने र चोयाका पुराना लठ्ठा प्रयोग गर्ने हुँदा दुर्घटनाको उच्च जोखिम हुने भएकाले आगामी दिनमा सुरक्षा बेल्ट तथा प्यारासुट (डोरी)को व्यवस्था गाउँपालिकाले मिलाउने जनाइएको छ ।

उत्तरी क्षेत्रका स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्रमा पर्ने सो गाउँपालिका भीर माहुरीको मह उत्पादनका लागि प्रचुर सम्भावना भएको क्षेत्रमा पर्दछ । गाउँपालिकामा उत्पादन हुने महलाई व्यवस्थित तरिकाले निकाल्ने र प्रशोधन गरेर अन्यत्र निर्यात गर्ने योजना बनाइएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । स्थानीयस्तरमा उत्पादन हुने भीर माहुरीको महबाहिर निर्यात गर्दा वडा र गाउँपालिकाको राजश्व सङ्कलनमा समेत सहयोग पुग्ने देखिन्छ । उक्त चार वडालाई आगामी वर्ष भिर माहुरीको पकेट क्षेत्र घेषणा गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

केपिलासगढी गाउँपालिका प्राकृतिक स्रोत र साधनले भरिपूर्ण गाउँपालिकाले भएकाले प्राकृतिक पर्यटनका रुपमा विकास गर्न पहल गरिरहेको प्रदेशसभा सदस्य राजन राईले बताउनुभयो । “यो गाउँपालिकामा भीर माहुरी, असला माछा, रेड पान्डालगायत लोपोन्मुख जीवजन्तुसमेत प्रत्यक्ष हेर्न पाइन्छ”, स्थानीयवासीसमेत रहनुभएका सदस्य राईले भन्नुभयो, “यसलाई प्रवद्र्धन गर्दै प्राकृतिक पर्यटनका रुपमा विकास गर्न आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको छु ।”

प्रदेशसभा सदस्य राईले आफ्नो चुनावी घोषणापत्रमा समेत उक्त क्षेत्रलाई प्राकृतिक पर्यटन विकासका रुपमा विकास गर्ने उल्लेख गर्नुभएको थियो । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्यसमेत रहनुभएका राईले आफ्नो क्षेत्रमा रहेको प्राकृतिक स्रोत र साधनलाई संरक्षण गर्न स्थानीयवासीलाई समेत अनुरोध गर्नुभएको छ ।