२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीको पोस्टमा फरेस्टको तीन गोल



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत सोमबार साँझ भएको खेलमा नटिङघम फरेस्टले चेल्सीलाई ३ – १ गोल अन्तरले पराजित गरेको छ ।

यो हारसँगै च्याम्पियन्स लिगमा छनोट हुने चेल्सीको सम्भावनामा गम्भीर धक्का लागेको छ भने फरेस्ट रेलिगेसन जाेनबाट जोगिने सम्भावना बढेको छ ।

लिग अंक तालिकामा चेल्सी नवौं स्थानमा झरेको छ । चेल्सीले ३५ खेलबाट ४८ अंक जोडेको छ । अब लिगमा चेल्सीले तीन खेल मात्र खेल्न बाँकी छ ।

निकै आक्रामक खेल प्रस्तुत गरेको नटिङघम फरेस्टका लागि पहिलो गोल २ मिनेटभित्रै टाइओ आओनियीले गरेका थिए । टाइओले ५२औं मिनेटमा पनि अर्को गोल गरेका थिए । दोस्रो गोल भने पेनाल्टीमा आइगोर जिससले १५औं मिनेटमा गरेका थिए ।

चेल्सीका लागि एकमात्र गोल जोआओ पेड्रोले ९३औं मिनेटमा गरेका थिए ।

फरेस्टका लागि यो जित निकै महत्वपूर्ण थियो । फरेस्टले ३५ खेलबाट ४२ अंक जोडेर रेलिगेसन जोनको संकट टारेको अनुमान गरिएको छ ।

हालसम्म रेलिगेसन जोन मा वेस्टह्याम युनाइटेड (३६ अंक), बर्नली (२० अंक) र उल्भ्स (१८ अंक) रहेका छन् । टोटेनह्याम हस्पर्सको ३७ अंक छ ।

आज राति म्यान्चेस्टर सिटी र एभर्टन बीच खेल हुँदैछ । यो खेल मध्यराति १२.४५ बजे सुरु हुनेछ ।  एजेन्सी