३१ जेष्ठ २०८३, आईतवार
,
Latest
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नंं १ लाई मुख्य पर्यटकस्थल बाइने : मुख्यमन्त्री राई



अ+ अ-

विराटनगर । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन प्रदेश नं १ सरकार यहाँका विशेष स्थानहरुको परिचय खुलाउनमा व्यस्त देखिएको छ । नेपालको सबैभन्दा गहिरो स्थान झापाको केचनाकबल र विश्वकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा पनि यसै प्रदेशमा पर्ने भएकाले पनि प्रदेश नं १ लाई पर्यटकीय गन्तव्य स्थल बनाउन सकिने प्रदेश सरकारको अठोट छ ।

कोशी वन्यजन्तु आरक्षण क्षेत्र, चिया खेती, अलैँची, सुन्तला, देशकै सबैभन्दा ठूलो प्राकृतिक पोखरी बर्जुताल, रुद्राक्ष र विभिन्न प्रजातिका लालीगुराँस फुल्ने क्षेत्र र अन्य साना हिमाल, पहाड, मधेश वनजङ्गल र प्राकृतिक सौन्दर्यता भरिपूर्ण अन्य धेरै स्थानको खोजी र पहिचानमा प्रदेश सरकार लागिपरेको छ । धार्मिक दृष्टिले पनि बराह क्षेत्रदेखि पाथीभरामाईको मन्दिर यस प्रदेशमा हुनुले सबै किसिमको पर्यटकलाई लोभ्याउन सकिने आज यहाँ एक समारोहमा सरकारका प्रतिनिधिहरुले उद्घोष गरेका छन् ।

पर्यटन वर्षलाई सफल बनाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज यहाँ ‘पर्यटक र अतिथिको सत्कार प्रदेश नं १ को संस्कार’ विषयक कार्यक्रमको आयोजना गरी विभिन्न देशका १०० पर्यटकलाई भव्य स्वागत गरेको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई पर्यटकीयस्थल बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

उहाँले पर्यटकका लागि अब नेपालको राजधानी काठमाडौँ, चितवन, पोखरा र लुम्बिनीमात्र नभएर प्रदेश नं १ पनि आकर्षकको केन्द्र हुने भन्दै यहाँका विशेषता, संस्कार र भौगोलिकतालाई बुझेर प्रदेश सरकारले विभिन्न योजना बनाउन लागेको बताउनुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले नेपाल भ्रमण वर्षलाई सफल बनाउन हामी सबैको दायित्व हो भन्दै प्रदेश नं १ मा पाँच लाख पर्यटक भित्र्याउने कार्यक्रम बनाएको जानकारी दिनुभयो । नविल बैंकका कार्यकारी अध्यक्ष अनिलकेशरी शाहले पहिले देश अनिमात्र विदेश रणनीति बनाउन सकियो भने नेपालमा पर्यटक लागि समस्या नहुनेमा जोड दिनुभयो ।