१२ श्रावण २०८३, मंगलवार
,
Latest
काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन पूर्वाधार सुदृढ बनाउन ठूला लगानी आवश्यक : मुख्यमन्त्री यादव



महेन्द्रनगर (धनुषा), २१ वैशाख : मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव सोमबार जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित मिथिला हस्पिटालिटीको पाँचतारे होटलको शिलान्यास कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिर : निरंजनकुमार साह/रासस
अ+ अ-

धनुषा।  मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जनकपुरधामको पर्यटन पूर्वाधार सुदृढीकरणका लागि ठूला लगानी आवश्यक रहेको बताउनुभएको छ ।

आज करिब दुई अर्ब रुपैयाँको निजी लगानीमा जनकपुरधाम उपमहानगर– १४ मा निर्माण गर्न लागिएको पाँचतारे होटलको शिलान्यास गर्दै उहाँले धार्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित जनकपुरधाममा अन्तरराष्ट्रियस्तरको सेवा सुविधा विस्तार हुँदा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने र प्रदेशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभएको हो ।

प्रतिनिधिसभा सदस्य मनिष झाले निजी क्षेत्रको सक्रियताले विकास निर्माणमा तीव्रता ल्याएको उल्लेख गर्दै पर्यटन उद्योगलाई सुदृढ बनाउन राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । परियोजना प्रवर्द्धक मिथिला हस्पिटालिटी प्रालिका अध्यक्ष रामेश्वर साहले सो होटल करिब तीन वर्षभित्र निर्माण सम्पन्न गरी २०८६ साल वैशाखदेखि सञ्चालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

उक्त होटल सञ्चालनमा आएपछि करिब १५० जनाले प्रत्यक्ष रोजगारी पाउने र अप्रत्यक्ष रूपमा सयौँ व्यक्तिलाई लाभ पुग्ने जनाइएको छ ।

कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतो, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज साह, सञ्चालक समिति सदस्य काजी लामा लगायतको उपस्थिति रहेको थियो । रासस