११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

संसदीय समितिका सभापतिसँग सभामुख अर्याल र राष्ट्रिय सभा अध्यक्ष दाहालको छलफल

संसदीय समितिका सभापतिसँग सभामुख अर्याल र राष्ट्रिय सभा अध्यक्ष दाहालको छलफल
अ अ+ अ-

काठमाडौँ। सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसदीय समितिका सभापतिहरूसँग छलफल गर्नुभएको छ ।

सोमवार संघीय संसदअन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभाका संसदीय समितिका नवनिर्वाचित सभापतिहरुसँग समितिको कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्नुभएको संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले बताउनुभएको हो ।

प्रवक्ता गिरीले समितिहरूको कार्यक्षमता अभिवृद्धि, देखिएका चुनौतीहरूको पहिचान तथा समाधानका उपायका लागि संयुक्त बैठक बसेको बताउनुभएको हो ।

उहाँकाअनुसार बैठकमा समिति सभापतिहरुले उजुरी व्यवस्थापन प्रणालीको कमजोर अवस्था, पर्याप्त स्रोत–साधनको अभाव लगायतका समस्याहरू सम्बोधन गर्न माग गरेका छन् ।

प्रवक्ता गिरीले भन्नुभयो, ‘राष्ट्रिय सभा र प्रतिनिधि सभाका संसदीय समितिको निर्वाचन भएको धेरै भएको छैन । नवनिर्वाचित सभापतिज्यूहरुसँग आज सम्माननीय सभामुखज्यू र राष्ट्रिय सभाका अध्यक्षज्यूको पहिलो मिटिङ थियो । संसदीय समितिलाई प्रभावकारी बनाउने विषयमा आज प्रारम्भिक छलफल गर्नुभएको हो ।

समितिको कार्यसम्पदानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? के कस्ता चुनौतीहरु रहेका छन् ? कसरी समाधान गरेर जाने लगायतका विषयमा छलफल भएको हो । समिति सभापतिज्युहरुले उजुरी व्यवस्थापन तथा स्रोत र साधनको विषयमा रहेका समस्याहरु राख्नुभयो ।’

समिति सभापतिहरूलाई कानुन दु्रत गतिमा कानून निर्माणको काम अघि बढाउन सभामुख अर्यालसँगै अध्यक्ष दाहालले आग्रह गरेको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल