२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सार महशुल र ‘डोजर आतंक’ विरुद्ध माईतीघरमा प्रदर्शन



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय एकता दलले सरकारले भन्सारमा लागू गरेको नयाँ महशुल नीति र स्थानीय तहहरूले चलाएको ‘डोजर आतंक’ विरुद्ध काठमाडौँको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीहरूले सर्वसाधारणले सीमावर्ती क्षेत्रबाट घरायसी प्रयोजनका लागि ल्याउने सामानमा समेत एक सय रुपैयाँ भन्सार कर लिने सरकारको निर्णय जनविरोधी भएको दाबी गरेका छन् । उक्त व्यवस्थाले न्युन आय भएका नागरिकलाई थप आर्थिक भार परेको भन्दै उनीहरूले अविलम्ब सो निर्णय फिर्ता लिन माग गरेका छन् ।

त्यसैगरी, पछिल्लो समय विभिन्न स्थानीय तहहरूले कानूनी प्रक्रिया र उचित विकल्पबिना नै डोजर प्रयोग गरेर संरचनाहरू भत्काउने कार्य गरिरहेको भन्दै दलले त्यसलाई ‘डोजर आतंक’ को संज्ञा दिएको छ । विकासका नाममा नागरिकको उठीबास लगाउने र त्रसित बनाउने कार्य बन्द गर्नुपर्ने माग प्रदर्शनमा सहभागीहरूको थियो ।

माईतीघरमा भेला भएका दलका नेता तथा कार्यकर्ताहरूले हातमा प्लेकार्ड बोकेर सरकार र सम्बन्धित निकायविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले नागरिकको सम्पत्तिको अधिकार सुरक्षा गर्न र साना व्यवसायी तथा सर्वसाधारणलाई मर्कामा पार्ने गरी लगाइएका करहरू खारेज गर्न जोड दिएका छन् । दलले आफ्नो माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएको छ ।