२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुंगा सुरुङमार्ग साउनको दोस्रो हप्ताभित्र सञ्चालनमा ल्याइसक्न संसदीय समितिको निर्देशन



अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले नागढुङ्गा सुरुङमार्ग साउनको दोस्रो हप्ताबाट सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।

सोमबार नागढुङ्गा सुरुङमार्गको अनुगमन गर्दै समिति सभापति आशिष गजुरेलले उक्त निर्देशन दिएका हुन् । समिति सभापति गजुरेलले कुनैपनि बहानामा अब सुरुङमार्ग सञ्चालनमा ढिलाई गर्न नहुने बताए । उनले पूर्वनिर्धारित समयमै परियोजना सञ्चालन गर्न नसकिएकोप्रति पनि असन्तुष्टी जनाए ।

परियोजनाले २०८२ माघमा सुरुङमार्ग सञ्चालनमा ल्याउने बताएपनि फेरि साउनको दोस्रो हप्तामा भाका सारेको उनको भनाइ छ । उनले आफैँ सीमा तोक्ने र आफैँ ६ महिना ढिला गर्ने प्रवृत्ति अब स्वीकार्य नहुने बताए । उनले परियोजनामा आवश्यक भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको, सञ्चालनका लागि निजी क्षेत्र छनोट भइसकेको तथा कार्यविधि र दररेटसमेत तय भइसकेको अवस्थामा अब ढिलाइ गर्न नहुने उल्लेख गरे ।

उनले आयोजनाको सेवा सञ्चालनको तयारीमा देखिएको कमजोरीप्रति पनि असन्तुष्टी जनाए । उनकाअनुसार यदि २०२६ जनवरी १ मा सञ्चालन गर्ने लक्ष्य लिइएको थियो भने निजी क्षेत्र छनोट प्रक्रिया एक वर्षअघि नै शुरु हुनुपथ्र्यो । गजुरेलले समयमै निजी क्षेत्र छनोट गर्न नसक्दा तयार भइसकेको परियोजना पनि सञ्चालनमा आउन नसकेको बताए । यसले राज्यलाई ठूलो आर्थिक नोक्सानी पु¥याएको उनको दाबी छ ।

सभापति गजुरेलले विगतका कमजोरीलाई पाठका रूपमा लिँदै आगामी दिनमा योजना व्यवस्थापन र कार्यान्वयनमा सुधार गर्न आयोजनालाई निर्देशन दिए । सोमबार सुरुङमार्गको अनुगमन गर्न समितिको प्रतिनिधि निर्माण स्थल पुगेको थियो । समितिलाई नागढुंग्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले सुरुङमार्गका बारेमा जानकारी गराएका थिए ।