२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिले काठमाडौं उपत्यकाको सुकुम्बासी बस्तीको अवलोकन गर्ने



अ+ अ-

काठमाडाैँ । संसदीय समितिले पनि काठमाडौं उपत्यका भित्रको सुकुम्बासी बस्तीको अवलोकन गर्ने भएको छ ।

सोमबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा संसदीय समितिको बैठकले सरकारले हालै हटाएको सुकम्बासी बस्तीका नागरिकहरुको पीडाको सुनुवाई गर्न एक हप्ताभित्र काठमाडौं उपत्यका भित्रको सो ठाउँमा अनुगमनमा जाने निर्णय गरेको हो ।

काठमाडौं उपत्यका भित्रका सुकुम्बासी बस्तीको अवस्थाबारे अध्ययन गर्न यही हप्ता भित्र अनुगमनमा जाने निर्णय गरिएको समितिका सभापति समिक्षा बास्कोटाले जानकारी दिइन्।

त्यस अवसरमा उहाँले संसदको बैठकलाई प्रभावकारी बनाउनेगरी सहकार्य गरेर अघि बढन पनि समितिका सदस्यहरुलाई आग्रह गरिन्। बैठकमा सभापति बास्कोटाले समितिलाई प्रभावकारी बनाउनका लागि आवश्यकताअनुसार उपसमिति बनाएर अघि बढने समेत बताइन् ।