३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रको साथ बिना १०० अर्ब डलरको अर्थतन्त्र असम्भवः अर्थमन्त्री वाग्ले



अ+ अ-

काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले लिएका लक्ष्य पुरा गर्दै मुलुकको अर्थतन्त्रलाई नयाँ उचाइमा पु¥याउन निजी क्षेत्रको भुमिका अपरिहार्य रहेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले रास्वपा सरकारले आगामी सात वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० अर्ब डलरको आकारमा पु¥याउने लक्ष्य राखेको  र त्यसलाई पूरा गर्न निजी क्षेत्रको भुमिका महत्वपूर्ण हुने बताउनु भयो ।

मन्त्री वाग्लेले समाजिक न्यायसहितको अर्थतन्त्र निर्माणमा सरकार अघि बढेको बताउँदै  रोजगारी सिर्जना गर्न र अर्थतन्त्रको आकारलाई फराकिलो बनाउन ढुक्क भएर लगानी बढाउन निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ । वाग्लेले मन्त्रिपरिषद्का बैठकहरूमा समेत आफूले निजी क्षेत्रको महत्वका बारेमा निरन्तर कुरा उठाउने गरेको बताउँदै मुलुकको अर्थतन्त्र विस्तार गर्न सरकार भन्दा निजी क्षेत्रको भुमिका अझ महत्वपूर्ण हुने बताउनु भयो ।

वाग्लेले बजेटलाई लिएर समाज र सञ्चारमाध्यममा एउटा ठूलो ‘हाउगुजी’ सिर्जना गर्ने गरिएको प्रति टिप्पणी गर्दै सरकारले परिचालन गर्ने बजेटको सीमा सिमित हुने समेत बताउनु भयो । उहाँका अनुसार सरकारले खर्च गर्ने भनेको वार्षिक  १८ देखि २० खर्बको हाराहारीमा मात्र हो, त्यो भन्दा ठूलो रकम निजी क्षेत्रले परिचालन गर्दै आएको छ ।

जनताले तिरेको कर र आन्तरिक तथा बाह्य ऋण बाट संकलित रकम नै सरकारले सार्वजनिक खर्चमार्फत अर्थतन्त्रमा पठाउने उहाँले बताउनु भयो । सरकारले खर्च गर्न नसकेको अवस्थामा त्यो लगानीयोग्य पुँजी निजी क्षेत्रले नै परिचालन गर्न सक्ने उहाँको तर्क थियो ।

वर्तमान तथ्यांक प्रस्तुत गर्दै उहाँले कुल गार्हस्थ्य उत्पादनको करिब २५ देखि ३० प्रतिशत मात्र सरकारले विनियोजन गर्ने गरेको र वास्तविक खर्च त्योभन्दा पनि कम हुने गरेको बताउनु भयो । यसले गर्दा अर्थतन्त्रको बाँकी ठूलो हिस्सा र विकासको मुख्य इन्जिन निजी क्षेत्र नै रहेको उहाँको भनाइ थियो ।