३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

केएमसी दुवाकोटले सुकुम्बासी विरामीलाई निःशुल्क उपचार गर्ने



अ+ अ-

काठमाडाैँ । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड(केएमसी)ले सुकुम्बासीलाई निःशुल्क उपचार गर्ने भएको छ । भक्तपुरको दुवाकोटमा रहेको केएमसी युनिट–२ ले सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित भएका बिरामीहरूलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।

काठमाडौं उपत्यकाका नदी किनार तथा देशका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती खाली गराउने क्रममा त्यहाँ बसोवास गर्ने नागरिकहरूमा स्वास्थ्य समस्या बढ्दै गएको केएमसीले जनाएको छ । वर्षायाम शुरु भएसँगै यस्तो समस्या थप जटिल बन्दै गएकोले मानवीय संवेदनालाई मध्यनजर गर्दै केएमसी निःशुल्क उपचार सेवा प्रदान गर्ने व्यवस्था गरेको हो ।

अस्पतालकाअनुसार उपत्यकासहित देशका विभिन्न स्थानबाट प्रभावित भएका बिरामीहरूले उक्त अस्पतालमा पुगेर सेवा लिन सक्नेछन् । अस्पतालले बिरामीलाई सहज रूपमा अस्पतालसम्म पु¥याउन सहयोग गर्न पनि नागरिक समाज तथा विभिन्न संघसंस्थाहरुलाई आग्रह गरेको छ ।

कलेजका अनुसार औषधि तथा औषधिजन्य सामग्रीवाहेक अस्पतालमा उपलब्ध अन्य सम्पूर्ण उपचार सेवा निःशुल्क हुनेछ ।