१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

उपनिर्वाचन: कतै तालमेलमा त कतै एक्ला एक्लै

उपनिर्वाचन: कतै तालमेलमा त कतै एक्ला एक्लै
अ अ+ अ-

काठमाडौं । १४ मंसिरमा हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा दलहरू कतै तालमेल त कतै एक्ला एक्लै प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिनिधिसभातर्फ एउटै मात्र उपनिर्वाचन हुने निर्वाचन क्षेत्र कास्की २ मा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र समाजवादी पार्टीसहितका दलले आ–आफ्ना उम्मेदवार उठाएका छन् । कास्की २ को उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको लडाइँका रूपमा समेत लिएका छन् ।

जसका कारण प्रचार प्रसारमा ठूला दलका शीर्ष नेताकै दौडधूप देख्न सकिन्छ । सो क्षेत्रमा नेकपाले सोही क्षेत्रबाट उम्मेदवार बनेर २०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी बनेका स्वर्गीय नेता रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । त्यस्तै, कास्की २ मा कांग्रेसले पुराना नेता खेमराज पौडेललाई उठाएको छ । समाजवादीले इन्जिनियर धर्मराज गुरुङलाई उम्मेदवार बनाएको छ । प्रदेशसभातर्फ उपनिर्वाचन हुने बाग्लुङ २ ‘ख’ मा सत्तारूढ दल नेकपाले आफ्नो दलका उम्मेदवार उठाएको छैन ।

सो स्थानमा नेकपाले राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीलाई उम्मेदवार बनाएकोे छ । प्रतिपक्षी कांग्रेसले जित शेरचनलाई उम्मेदवार बनाएको छ । दुई दलबीच भएको चुनावी तालमेलको सहमतिअनुसार कास्की २, भक्तपुर २ ‘ख’ र दाङ ३ ‘ख’मा भने जनमोर्चाले सत्तारूढ नेकपालाई सघाउनेछ । त्यसैगरी, प्रदेशसभातर्फ भक्तपुर १ ‘क’ मा नेकपा, कांग्रेस, नेपाल मजदुर किसान पार्टीसहितका दलहरूले आआफ्ना उम्मेदवार उठाएका छन् । सो स्थानमा कांग्रेसलाई राप्रपा (संयुक्त) ले सघाउने भएको छ ।

कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले राप्रपा (संयुक्त)ले कांग्रेस उम्मेदवार कृष्ण भडेललाई सघाउने सहमति भएको जानकारी दिए । सो स्थानमा कांग्रेससहित नेकपाबाट देवीप्रसाद अर्थात् डीपी ढकाल र नेमकिपाबाट निरज लवजु मुख्य प्रतिस्पर्धामा छन् । यस्तै, दाङ ३ ‘ख’ मा समेत नेकपा, कांग्रेस र राप्रपालगायतका दलले आआफ्ना उम्मेदवार उठाएका छन् । सो स्थानमा दलहरू एक्ला एक्लै मैदानमा उत्रँदै छन् ।

दाङ क्षेत्र ३ ‘ख’ मा प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि नेकपाबाट विमलाकुमारी खत्री ओली मैदानमा छिन् । कांग्रेसका केशव शर्मा आचार्य मैदानमा छन् । यसैगरी, नगरपालिकातर्फ एउटै मात्र निर्वाचन क्षेत्र सुनसरीको धरान उपमहानगरपालिकामा समेत नेकपा, कांग्रेस, समाजवादी पार्टी, राप्रपालगायतका दलले आआफ्ना उम्मेदवार उठाएका छन् । धरानको मेयरका लागि नेकपाका तर्फबाट प्रकाश राई मैदानमा छन् भने समाजवादीका गजेन्द्रबहादुर लिम्बू चुनावी मैदानमा उत्रिएका छन् ।

कांग्रेसले २०७४ मा पराजित उम्मेदवार तिलक राईलाई नै उतारेको छ । यस्तै, राप्रपा (संयुक्त)ले आफ्ना उम्मेदवार नउठाएका स्थानमा राप्रपाका उम्मेदवारलाई सघाउने र राप्रपाले आफ्ना उम्मेदवार नउठाएका स्थानमा (संयुक्त)लाई सघाउने भएको छ । राप्रपा ९संयुक्त०का प्रवक्ता जनक पाठकले एकले अर्कालाई सघाउने गरी दुई अध्यक्षबीच सहमति भएको जानकारी दिए ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडा अध्यक्ष ४३ गरी कुल ५२ रिक्त पदमा उपनिर्वाचन हुनेछ । राजधानी दैनिकबाट