३१ श्रावण २०८३, आईतवार
,
Latest
बालेनप्रति ओलीको कटाक्ष– मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्कँदैन बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ? स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ कैलालीका सामुदायिक वनमा उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पूर्वी चीनको हङ्जे तालमा बाढी नियन्त्रणका लागि ६३ वटै ढोका खोलिए पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र अध्यक्ष ओलीले भने– पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो बाटो रोजे हुन्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास



फाइल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएकाहरुलाई भक्तपुरको दुई ‘सेल्टर’मा आश्रय दिएको छ । भक्तपुरको खरिपाटीस्थित चाँंगुनारायण नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र र मध्यपुरथिमि नगरपालिकास्थित कृषि विकास तालिम केन्द्रको भवनमा सेल्टरका रुपमा अस्थायी बासस्थनको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

यहाँ ल्याइएका सुकुमवासीलाई खाने र बस्ने निःशुल्क व्यवस्था गरेको छ । खरिपाटीस्थित तालिम केन्द्रमा १४० जना सुकुमवासीलाई राखिएको छ भने यहाँ राखिएकाहरुलाई होस्टेलमा परिवार–परिवार छुटाएर फरक कोठामा राखिएको छ । यसअघि कोरोना भाइरसको महामारीमा पहिलो पटक चीनबाट ल्याइएका नेपाली विद्यार्थीलाई सोही स्थानमा ४५ दिनसम्म राखिएको थियो ।

त्यसपछि कोरोना सङ्क्रमितलाई पनि राखिएको यस केन्द्रमा २५० जना अट्ने क्षमताको रहेको केन्द्रले जानकारी दिएको छ । टेकु सुकुमवासी बस्तीबाट सरकारले आफूहरुलाई गाडीमा राखेर यहाँं पु¥याइएको बताउँदै केही सुकुमवासीले तत्काल भए पनि खानबस्न पाइरहेको बताए । यहाँ राखिएका सकुमवासीहरुको अवस्था बुझ्नका लागि प्रधानमन्त्री कार्यालयअन्तर्गतको सचिवालयको एउटा टोली आइतबार यहाँ आएको थियो ।

त्यसैगरी, सरकारले ३९ जना सुकुमवासीलाई मध्यपुरथिमिको सिन्टिटारस्थित कृषि विकास बैङ्कको तालिम केन्द्रमा राखेको छ । उनीहरुको पनि आवास र खानाको व्यवस्था गरेको छ । दुवै सेल्टरमा रहेका सुकुमवासीका लागि वाग्मती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगर र स्वास्थ्य सचिव डा सुमित्रा गौतमले तत्काल स्वास्थ्य सेवा पु¥याउन निर्देशन दिएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अञ्जना खड्काले आइतबार सरकारले सुकमवासी राखेको मध्यपुरथिमि र चाँगुनारायणको दुवै सेल्टरमा भक्तपुर अस्पतालको चिकित्सकसहितको टोलीले सामान्य स्वास्थ्य परीक्षण गरेको र आज दुवै सेल्टरमा स्वास्थ्य शिविर, औषधि वितरण र मनोपरामर्श सेवा उपलब्ध गराउने जानकारी दिए ।