६ श्रावण २०८३, बुधबार
,
Latest
सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिपुलेक विवादमा सरकारको अडान सही छः गोकुल बास्कोटा



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले लिपुलेक सीमा विवादको सन्दर्भमा सरकारले लिएको अडानलाई सही ठहर गरेका छन्। उनले भारतले पुरानै अडान दोहोर्‍याएको र चीनले यसलाई आफ्नो समस्या नभएको संकेत गर्ने गरी कूटनीतिक प्रतिक्रिया दिएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले कूटनीतिमा कसले के बोल्यो वा बोलेन भन्ने विषयमा अत्यधिक चर्चा गर्नुको खास अर्थ नरहेको उल्लेख गरेका छन्। उनका अनुसार यस्ता बहसले वास्तविक परिणाममा खासै प्रभाव पार्दैनन्।

उनले आगामी दिनमा सम्भावित कूटनीतिक गतिविधिप्रति पनि ध्यानाकर्षण गराएका छन्। विशेषगरी, ‘ग्रेटर नेपाल’ का समर्थकको रूपमा चिनिने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमण भएमा नेपालको अडान र त्यसको परिणामप्रति आफूले चासोका साथ प्रतिक्षा गर्ने बताएका छन्।

नेपाल–भारत–चीन त्रिदेशीय सिमाना क्षेत्रमा पर्ने लिपुलेक क्षेत्र लामो समयदेखि विवादित रहँदै आएको छ। यस विषयमा विभिन्न राजनीतिक व्यक्तित्वहरूले आ–आफ्ना धारणा सार्वजनिक गर्ने क्रम जारी छ।