३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानिरीक्षक पौडेलको प्रतिवद्धताः भ्रष्टाचारमा शुन्य सहनशीलता र सीमा सुरक्षामा प्रविधिको प्रयोग प्राथमिकता



अ+ अ-

काठमाडाैँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले बदलिँदो सुरक्षा चुनौतीहरूको सामना गर्न सशस्त्र प्रहरी बललाई ‘स्मार्ट, इन्टेलिजेन्स ड्रिभन र मिसन रेडी फोर्स’ को रूपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सोमवार गृह मन्त्रालयमा आयोजित दज्र्यानी चिन्ह सुशोभन कार्यक्रममा उहाँले संगठित अपराध, अन्तरदेशीय अपराध, मानव बेचबिखन र साइबर अपराध नियन्त्रणका लागि सूचना विश्लेषण र प्रविधिमा आधारित निगरानी प्रणालीलाई सुदृढ बनाइने बताउनुभएको हो । सीमा सुरक्षालाई संगठनको मेरुदण्ड मान्दै अर्यालले खुला सीमाबाट हुने अवैध गतिविधि नियन्त्रणका लागि ‘बोर्डर इन्टेलिजेन्स’ को विकास गर्ने योजना अघि सार्नुभयो ।

उहाँले सीमा क्षेत्रमा बोर्डर आउट पोस्ट (बीओपी) हरूको विस्तार, रणनीतिक तैनाथी र छिमेकी मुलुकका सुरक्षा निकायहरूसँग व्यावसायिक सहकार्यलाई थप प्रभावकारी बनाइने उल्लेख गर्नुभयो । विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भुमिकालाई अझ प्रभावकारी बनाउन कुरिनटार र मनाङमा रहेका तालिम शिक्षालयहरूको सुदृढीकरण गर्ने र नयाँ ‘फायर फाइटिङ ट्रेनिङ स्कुल’ स्थापनाका लागि पहल गर्ने उहाँको योजना छ ।

साथै, सशस्त्र प्रहरीको स्वास्थ्य सेवालाई विस्तार गर्दै अस्पताललाई मेडिकल कलेज तथा शिक्षण अस्पतालको रूपमा विकास गर्न पहल गर्ने उहाँले बताउनु भयो । संगठनभित्र सुशासन, पारदर्शिता र भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अवलम्वन गरिने महानिरीक्षक अर्यालले स्पष्ट पार्नुभयो । सशस्त्र प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न वृत्तिविकासको स्पष्ट खाका र कल्याणकारी कार्यहरूलाई प्राथमिकता दिइने उहाँले बताउनु भयो ।

साथै, संगठनभित्रका आन्तरिक गुनासोहरूलाई आन्तरिक रूपमै सम्बोधन गर्ने संयन्त्रलाई सुदृढ बनाइने उहाँको भनाइ छ । उहाँले अग्रजहरूले सुरु गरेका सकारात्मक र सुधारमुखी कार्यक्रमहरूलाई निरन्तरता दिँदै समय सापेक्ष परिमार्जन गर्ने अठोट समेत व्यक्त गर्नुभयो ।  महानिरीक्षक पौडेलले नेपाल सरकारको १०० दिने रणनीतिक सुधार योजना अनुरूप कार्ययोजना तयार गरी संगठनलाई जनउत्तरदायी र आधुनिक सुरक्षा संस्थाको रूपमा स्थापित गर्न आफू दृढ संकल्पित रहेको बताउनु भयो ।