१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त आईजी पौडेललाई दर्ज्यानी चिन्ह प्रदान



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नव नियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले पदभार ग्रहणसँगै दर्ज्यानी चिह्न प्राप्त गरेका छन्।

गृह मन्त्रालयमा आयोजित एक औपचारिक समारोहका बीच गृह सचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका पौडेललाई सशस्त्र प्रहरी बलको प्रमुख पदमा बढुवा गर्ने निर्णय गरेको थियो।

यसअघि कार्यरत आईजीपी राजु अर्याल १८ वैशाखबाट अनिवार्य अवकाशमा गएपछि पौडेलले संगठनको नेतृत्व सम्हालेका हुन्। नयाँ आईजीपीका रूपमा उनले सशस्त्र प्रहरी बलको कमाण्ड सम्हाल्दै आफ्नो कार्यकाल सुरु गरेका छन्।