९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको प्रतिक्रिया– लिपुलेखमा नेपालको दाबी ऐतिहासिक तथ्यमा आधारित छैन



**EDS: SCREENSHOT VIA PTI VIDEOS** New Delhi: MEA Spokesperson Randhir Jaiswal addresses a press conference, in Delhi, Thursday, April 17, 2025. (PTI Photo) (PTI04_17_2025_000253B)
अ+ अ-

काठमाडौं। भारत सरकारले लिपुलेक पास र कैलाश मानसरोवर यात्राबारे नेपालले उठाएका सीमासम्बन्धी दाबीहरूलाई अस्वीकार गरेको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आइतबार सञ्चारकर्मीका जिज्ञासाहरूको जवाफ दिँदै नेपालको दाबी तथ्यपरक र न्यायोचित नभएको टिप्पणी गरेका हुन्।

भारतीय विदेश मन्त्रालयले लिपुलेक भञ्ज्याङ सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको पुरानो मार्ग भएको बताएको छ।

“यो मार्गमार्फत दशकौँ देखि यात्रा भइरहेको छ र यो कुनै नयाँ घटनाक्रम होइन,” विज्ञप्तिमा उल्लेख छ। भारतले यस विषयमा आफ्नो अडान सधैँ स्पष्ट र एकनासको रहेको समेत दाबी गरेको छ।

नेपालले गरेको क्षेत्रीय दाबीका सम्बन्धमा भारतले ती दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको बताएको छ। भारतले नेपालद्वारा गरिएको क्षेत्रीय दाबीको “एकपक्षीय र कृत्रिम विस्तार” मान्य नहुने तर्क अघि सारेको छ।

सीमा विवादका बावजुद भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धका सबै विषयमा रचनात्मक कुराकानी गर्न खुला रहेको जनाएको छ। बाँकी रहेका सीमा सम्बन्धी मुद्दाहरूलाई संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्न भारत तयार रहेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल सरकारले कैलाश मानसरोवर यात्राको मार्गका सन्दर्भमा नेपाली भूमि प्रयोग भएको भन्दै प्रश्न उठाएको पृष्ठभूमिमा भारतको यो पछिल्लो प्रतिक्रिया सार्वजनिक भएको हो।