४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव

सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
अ+ अ-

काठमाडौँ: भ्रष्टाचार नियन्त्रण एवं सुशासन कायम गर्दै र सार्वजनिक सेवा प्रवाहमा सहजीकरण गर्नेगरी संविधान संशोधन गरिनुपर्नेमा जोड दिइएको छ ।

संविधान निगरानी समूह र नेपाल कानुन समाजद्वारा  आयोजित संविधान संशोधनका विषयहरू विषयक संवाद कार्यक्रमका वक्ताले सुशासन र सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्याकै कारण गत भदौमा विद्रोह भएकाले त्यसलाई सम्बोधन गर्नेगरी संशोधनका विषय अघि बढाइनुपर्ने बताए ।

कार्यक्रममा प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति समीक्षा बाँस्कोटाले देशमा सुशासन कायम हुनेगरी संविधान संशोधनको गृहकार्य भइरहेको बताउनुभयो । देशलाई फेरि प्रयोगको माध्यम नबनाउने गरी संविधान संशोधनका लागि सबैले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले संविधान संशोधनको कार्यदल बनाएर सरकारले के गर्न खोजेको हो भन्ने प्रष्ट नभएपछि पार्टीले प्रतिनिधि नपठाएको बताउनुभयो । संविधान पुनर्लेखन गर्न खोजेको हो वा संशोधन यो प्रष्ट हुनुपर्ने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री वालेन्द्र शाहले गठन गर्नुभएको संविधान संशोधन कार्यदलको सदस्यसमेत रहनुभएका सांसद मोहनलाल आचार्यले संविधान संशोधनको विधेयक उठान हुनुअघि कार्यदलले छलफल गरेर विधेयक मस्यौदा गर्नेगरी तयारी भइरहेको बताउनुभयो ।

पूर्वकानुनमन्त्रीसमेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता अग्नि खरेलले सुविचारित तरिकाले संविधान संशोधनलाई अघि बढाउनुपर्ने बताउनुभयो । संविधान राजनीतिक दस्तावेज भएकाले सङ्ख्याका आधारमा मात्र यसलाई नहेर्न उहाँले अनुरोध गर्नुभयो ।

पूर्वसांसद राधेश्याम अधिकारीले नेपालमा रहेको विविधताको प्रतिनिधित्व गराउन संसदीय शासन प्रणाली नै उपयुक्त हुने बताउनुभयो । पुराना नेताले पद छाड्न नचाहेको इतिहास भएकाले संविधान संशोधनकै बेला बाँकी विषयलाई प्रष्ट पार्नुपर्ने उहाँको भनाइ छ ।

पूर्वसांसद खिमलाल देवकोटाले बदलिएको शक्ति सन्तुलनले भूराजनीतिलाई थेग्न सक्छ कि सक्दैन भन्ने प्रष्ट भएर अघि बढ्नुपर्ने बताउनुभयो । सम्झौताको दस्तावेजका रूपमा आएको संविधान अझ सुदृढ गराउन नियमित जानकारी गराउनेगरी छलफल हुनुपर्ने बताउनुभयो ।

सांसद लक्ष्मणलाल कर्णले उत्कृष्ट संविधानलाई अझै उत्कृष्ट बनाउन जनस्तरसम्म छलफल गरेर अघि बढ्नुपर्ने बताउनुभयो । पूर्वप्रधानन्याधीश कल्याण श्रेष्ठले संविधान कार्यान्वयनको लाभ जनताले पाएको भए गत भदौ २३ र २४ गतेको विद्रोह नहुने बताउनुभयो । केही कमजोरी सुधार गरेपछि संविधान राम्रो हुने उहाँको भनाइ थियो ।

समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले संविधान संशोधनका लागि बिभिन्न विषयहरू उठान भएको बताउदै समाजले निरन्तर रुपमा बिज्ञहरुसंग छलफल गर्ने जानकारी दिनुभयो । रासस