१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात तले घरका मालिक इन्द्रकुमार चाम्लिङ पक्राउ



अ+ अ-

काठमाडौं। काठमाडौंको अनामनगरस्थित धोबीखोला किनारमा रहेको एक चर्चित साततले भवनका मालिक इन्द्रकुमार चाम्लिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार चाम्लिङको घरबाट प्रहरी पोसाक, आर्मी कम्ब्याट तथा हतियारजस्ता देखिने सामग्री फेला परेका छन्। ती सामग्रीबारे थप अनुसन्धान तथा सोधपुछका लागि उनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन्।

यसैबीच, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईले भने चाम्लिङलाई बरामद भएका सामग्रीबारे सोधबुझ गरी कागज गराउने प्रयोजनका लागि बोलाइएको बताएका छन्।