११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिताको उपाधि राम र राजेन्द्रलाई

बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिताको उपाधि राम र राजेन्द्रलाई
अ अ+ अ-

कञ्चनपुर।  सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम जोहरा र राजेन्द्र बमको जोडीले जितेको छ ।

महेन्द्रनगरस्थित कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा राम र राजेन्द्रको जोडीले भोजराज भट्ट र गणेश मिश्रको जोडीलाई पराजित गर्दै रु ४४ हजार ४४४ नगद, ट्रफीसहित उपाधि जितेको हो । उपविजेता बनेको भोजराज र गणेशको जोडीले रु २२ हजार २२२ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगितामा तेस्रो भएको कमलसिंह भाट र विवेक ऐरको जोडी तथा जीवन खड्का र अमित शाहको जोडीलाई रु ११ हजार १११, ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।

त्यसैगरी प्रतियोगितामा भेट्रानतर्फ भोजराज भट्ट र वीरेन्द्रसिंह विष्टको जोडीले उपाधी जित्यो ।  आज भएको फाइनल खेलमा सुरेन्द्र कार्की र शैलेन्द्र श्रेष्ठको जोडीलाई पराजित गर्दै भट्ट र विष्टको जोडीले रु १५ हजार ५५५, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो । उपविजेता बनेको कार्की र श्रेष्ठको जोडीलाई रु ७ हजार ५५५, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ । प्रतियोगितामा तेस्रो हुने प्रेम चन्द र पदम ठकुराठी तथा सुरेन्द्रप्रसाद भट्ट र ईश्वरीदत्त भट्टको जोडीलाई रु ५ हजार ५५५, ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।

प्रतियोगिताको समापन समारोहमा कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य दीपक बोहराले विजेता तथा उपविजेता खेलाडीलाई पुरस्कार वितरण गरे ।

पश्चिमपाटी मिडियाले आयोजना गरेको प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगितामा ‘बी’ लेभलतर्फ ४८ तथा भेट्रानतर्फ ३२ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक शेरबवहादुर सिंहले जानकारी दिए । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवद्र्धन गर्न बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो । रासस