१२ श्रावण २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने निर्यातमुखी अर्थतन्त्र निर्माणको नेतृत्व गर्न उद्यमीलाई अर्थमन्त्रीको आग्रहः लगानी र प्रतिफलको सुरक्षा गर्ने प्रतिवद्धता श्रेष्ठको निधनप्रति देउवाद्वारा दुःख व्यक्त, भनेः लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठको भूमिका सधैं स्मरणीय रहनेछ स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६: अवार्ड समारोहका लागि आवेदन खुला



अ+ अ-

काठमाडौँ। वरिष्ठ नाटककार विजय मल्लसँग सम्बन्धित दुई ग्रन्थ आज लोकार्पण गरिएको छ ।

नइ एकेडेमीद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीले डा साधना पन्त ‘प्रतीक्षा’कृत ‘नारीवादी नाटककार विजय मल्ल’ नामक समालोचनात्मक ग्रन्थ र नरेन्द्रराज प्रसाईंद्वारा लिखित ‘विजय मल्ल’ नामक जीवनीकृतिको लोकार्पण गर्नुभयो ।

विजय मल्ल शताब्दी महोत्सव समापनका अवसरमा ती कृति विमोचन गरिएको हो । नइ एकेडेमीबाट प्रकाशित ती कृतिबारे प्रा केशव सुवेदीले समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो । समारोहमा ग्रन्थकार डा साधना पन्त ‘प्रतीक्षा’ र नरेन्द्रराज प्रसाईंले स्रष्टा विजय मल्लको योगदान र कृतिबारे प्रकाश पार्नुभएको थियो ।

महोत्वसका क्रममा विजय मल्लका सिर्जनात्मक कृतिको संवद्र्धनमा उल्लेखनीय योगदानका लागि नेपाल तथा भारतका ४५ प्राज्ञ, साहित्यकार, नाट्य र चलचित्रका कर्मीलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ र पदकबाट विभूषित गरिएको थियो ।

सुविख्यात नाटककार, आख्यानकार तथा कवि मल्लको १९८२ सालमा जन्म भई  र २०५६ सालमा निधन भएको थियो । रासस