२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीमा एक घरमा एसी विस्फोटपछि आगलागी हुँदा ९ जनाको मृत्यु



अ+ अ-

काठमाडाैँ ।आइतबार बिहान दिल्लीको एक बहुतले घरमा एअर कन्डिसनर (एसी) विस्फोटपछि आगलागी हुँदा नौँ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

आगलागीमा परी एक बालक र चार महिलासहित कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य २० जना घाइते भएका दिल्ली प्रहरीले पुष्टि गरेको छ । पूर्वी दिल्लीको विवेक विहार इलाकामा पीडित सुतिरहेका बेला यो घटना भएको हो । एसी विस्फोटपछि लागेको आगो केही मिनेटमा नै पूरै घरमा फैलिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त घरको विभिन्न भागबाट नौजनाको मृत शरिर निकालिएको छ । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । आगो नियन्त्रणका लागि दमकलसहितका १४ वटा टोली खटिएका थिए । एयर कन्डिसनरमा विस्फोट हुनुको कारण पत्ता लगाउन अनुसन्धान सुरू भइसकेको प्रहरीले जनाएको छ।