१ असार २०८३, सोमबार
,
Latest
चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो, राप्तीमा सबैभन्दा बढी वितरण आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिबीको सङ्ख्या शून्यमा झारिने



अ+ अ-

ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सन् २०२१ सम्ममा विद्यमान गरिबीको सङ्ख्या शून्यमा झार्ने बताउनुभएको छ ।

राष्ट्रिय सहकारी विकास बोर्डले आज यहाँ आयोजना गरेको ‘एशिया प्रशान्त क्षेत्रमा रहेका सहकारी संस्थाको ११औँ वार्षिक भेला’ का अवसरमा मन्त्री अर्यालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा सार्थक तुल्याउन सहकारी क्षेत्रलाई थप व्यावसायिक बनाउँदै लैजाने बताउनुभयो ।

उहाँले नेपालीको प्रतिव्यक्ति आय १२ हजार १०० अमेरिकी डलरमा पु¥याउन सहकारी, सरकारी एवं निजी क्षेत्रको समान लगानी सहयोग र सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।

सहकारी क्षेत्रले १५औँ योजना अवधिमा कूल लगानीको पाँच दशमलव चार प्रतिशत लगानी गरेर वार्षिक १७ हजार रोेजगारी सिर्जना गर्ने योजना बनाएको छ । दुई दिनसम्म आयोजना हुने उक्त भेलामा औपचारिक शिक्षाभित्र सहकारीले के कस्ता विषयलाई र कसरी समावेश गर्ने भन्ने विषयमा छलफल हुने बोर्डका उपनिर्देशक मुकेश कर्णले जानकारी दिनुभयो ।

देश विकास, समृद्धि एवं समाजिक न्याय निर्माणका लागि नेपालको संविधानले सहकारी क्षेत्रलाई अर्थतन्त्रको तीनमध्ये एक खम्बाका रूपमा लिएको छ । मुलुकमा झण्डै ३५ हजार सहकारी संस्था छन् ।