३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा क्षेत्रमा असन्तुष्टी देखिए पनि तस्करी नियन्त्रण आवश्यक थियोः रवि लामिछाने



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सीमा क्षेत्रमा तस्करी व्यापक बनेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले कडाइ गरेको बताएका छन्।

अहिले सीमा क्षेत्रमा तस्करी रोक्दा केही असन्तुष्टी देखिएपनि तस्करी नियन्त्रण गर्नैपर्ने अवस्थामा सरकारले कडाइ गर्नुपरेको बताएका हुन् । आइतवार निजी क्षेत्रसँगको संवादमा उनले सीमा क्षेत्रमा बसोवास गर्ने नागरिकहरूको जीवनशैली नै वारिपारि आवतजावत गरेर सस्तो बजारबाट किनमेल गरी जीवन चलाउने रहेको भएपनि खुलमखुल्ला भइरहेको तस्करीलाई राज्यले टुलुटुलु हेरेर बस्न नसक्ने बताए । यद्यपी उपभोक्ताका दृष्टिकोणबाट सीमा क्षेत्र संवेदनशील रहेकाले अहिलेको कडाइलाई पुर्नर्विचार गर्ने तयारी भइरहेको उनले बताए ।

“देश नै तस्करमय भएको छ भन्ने पनि प्रश्न आएको छ । त्यसलाई नियन्त्रण गर्दाखेरि अहिले अलिकति बोर्डर साइडमा केही असन्तुष्टीका स्वरहरु सुनिएको छ । एकातिर उपभोक्तका हिसाबले बोर्डर एरिया अलिकति ध्यान दिनुपर्ने ठाउँ के छ भने, बोर्डर एरियामा मान्छेको जीवनशैलीका रूपमा हामी वारिपारि गएर आफ्नो जीवन चलाउँछौँ, तुलनात्मक रूपमा त्यो सस्तो बजार छ । तर सँगसँगै वारि व्यवसायीहरू हुनुहुन्छ, उहाँहरूको व्यवसाय पनि फस्टाउन जरुरी छ, तुलनात्मक रूपमा त्यो उपभोक्ताका लागि महँगो पर्न जाने अवस्था हुन्छ,”उनले भने ।

सभापति लामिछानेलेसीमावर्ती क्षेत्रमा रहेका स्वदेशी व्यवसाय फस्टाउनुपर्ने आवश्यकता रहेको औल्याउँदै सस्तो विदेशी बजारका कारण उनीहरू प्रभावित हुने अवस्था रहेको बताए ।