३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामाचौरमा उम्मेदवार भट्टराई



अ+ अ-

कास्की । आसन्न उपनिर्वाचनमा मत माग्न लामाचौर र बाटुलेचौरमा पुग्दा कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार विद्या भट्टराई अधिकारीलाई स्थानीयवासीले दिवंगत नेता रवीन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा स्वागत गरेका छन् ।

यही मङ्सिर १४ को उपनिर्वाचन नजिकिँदै गर्दा घरदैलामा व्यस्त भट्टराईलाई स्थानीय मतदाताले सहयोग गर्ने आश्वासन दिएका छन् । उहाँ आज त्यहाँ पुग्दा लामाचौरवासीले फूल, माला र अबीर लगाएर स्वागत गरेका थिए । बाटुलेचौरबासीले हरेक सङ्कटमा नेकपालाई जिताएर पठाएको बताउँदै अहिले अधिकारीले छाडेर गएको स्थितिमा विद्यालाई साथ दिने उद्घोष गरेका छन् ।

तल्लो द्वीपबाट शुरु भएको भट्टराईको घरदैलो सुन्दर फिड हुँदै लामाचौर र बाटुलेचौरमा कार्यक्रम तय भएको हो । घरदैलाका क्रममा उहाँले आफू जितेपछि पनि जनताको घरदैलामा निरन्तर आउने र जनताको सेवक भएर काम गर्ने वाचा गर्नुभएको थियो । उहाँले जनताको चाहना विकास भएकाले आफूले स्थानीयस्तरमा गर्नुपर्ने विकासका कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले लोकसंस्कृतिको भूमि मानिने बाटुलेचौरमा संस्कृतिको उत्कृष्ट गन्तव्य बनाउन सकिने धारणा राख्नुभयो । नेकपाले आज बाटुलेचौरमा चुनावीसभा आयोजना गर्दैछ ।