११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित

गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित
अ अ+ अ-

पर्वत। पर्वतको मोदीमा जिल्लामै पहिलोपटक चिस्यान केन्द्र सञ्चालन गरिएको छ ।

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र मोदी गाउँपालिकाको साझेदारीमा गाउँपालिकाको वडा नं ६ तिलाहारस्थित पहरेमा चिस्यान केन्द्र निर्माण गरिएको हो ।

निर्माण भएको करिब एक वर्षको यान्त्रिक परीक्षणपछि आइतबारदेखि केन्द्र सञ्चालनमा ल्याइएको हो । चिस्यान केन्द्र सञ्चालनमा आएसँगै कृषकले कृषिउपज भण्डारण गर्न थालेको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिनुभयो ।

उपभोक्ता समितिमार्फत रु ३३ लाखको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो । तीस मेट्रिकटन क्षमता रहेको चिस्यान चालु आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तसम्म निःशुल्क रुपमा भण्डारण गर्ने सुविधा दिइएको मोदी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष दीपेन्द्रजङ्ग लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाभित्रका कृषकलाई कृषिउपज सङ्कलन तथा भण्डारणका लागि पहिलो प्राथमिकता दिइने भएको छ भने क्षमता र आवश्यकताका आधारमा अन्य क्षेत्रका कृषकलेसमेत उपभोग गर्न पाउने भएका छन् ।

कृषिउपज भण्डारणका लागि आवश्यक कागजातअन्तर्गत व्यक्तिगत किसानले निवेदन र नागरिकताको प्रतिलिपि पेस गर्नुपर्नेछ भने संस्था वा समूहले दर्ता प्रमाणपत्र, निर्णय र निवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको लामिछानेले जानकारी दिनुभयो ।

कुनै पनि कृषिउपज भण्डारण गर्नुअघि राम्रोसँग सुकाइएको, रोगकिरा नलागेको, काटिएको वा नसडेको मात्र भण्डारण गर्न आग्रह गरिएको छ । यतिबेला आलुको सिजन भएकाले आलुलाई साइजअनुसार छुट्याएर जालीदार बोरा वा जुटको बोरा प्रयोग गरी प्याकिङ गरेर भण्डारण गर्न कृषकलाई आग्रह गरिएको वडाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार जुनसुकै कृषिउपजका लागि प्लास्टिकका बोरा प्रयोग गर्न भने पूर्ण रूपमा निषेध गरिएको छ ।

कृषकले बजार पु¥याउनुअघि वा बेमौसममा बिक्रीका लागि तथा बीउका लागि प्रयोग गर्ने कृषिजन्य वस्तु चिस्यान केन्द्रमा भण्डारण गरेर लाभ लिनसक्ने गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले बताउनुभयो ।

यसअघि यस क्षेत्रका कृषकले आलु, विभिन्न प्रजातिका फलफूललगायत अन्य कृषिजन्यउपज भण्डारणका लागि पोखरा लैजानुपर्ने बाध्यता हटेर गएको उपाध्यक्ष लामिछानेले बताउनुभयो ।

साथै जलजला गाउँपालिकाले झण्डै रु एक करोडको लागतमा वडा नं ८ खनियाँघाटमा चिस्यान केन्द्र निर्माण गरेको छ । परीक्षणका क्रममा रहेको र केही महिनाभित्र सञ्चालनको तयारी भइरहेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

यसैगरी, दक्षिण पर्वतको पैँयु गाउँपालिकाले उपभोक्ता समिति वा कृषि समूहमार्फत चिस्यान केन्द्र सञ्चालनमा ल्याउने तयारीस्वरुप सूचना प्रकाशित गरेको छ । रासस