१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

दुई नागरिकता बनाएर ३४ करोड ठगी गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा

दुई नागरिकता बनाएर ३४ करोड ठगी गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा
अ अ+ अ-

काठमाडौं

  • नाम– केदारप्रसाद गौतम
  • काम– कृषि विकास बैंकका अधिकृत
  • नक्कली नाम– तेजबहादुर थापा
  • प्रयोजन– तेजबहादुरको नाममा विदेशबाट पैसा आएको देखाएर बैंकलाई ठग्न

कृषि विकास बैंक स्वयम्भू शाखाका तत्कालीन अधिकृत केदार आफ्नै नाम बदलेर कृत्रिम ग्राहक बने । त्यसअघि तेजबहादुर थापा नाममा नागरिकता निकाले, पासपोर्ट बनाए । आफ्नै बैंकमा त्यस नाममा खाता खोले । विदेशबाट रेमिट्यान्स आएको भन्दै पैसा झिक्दै त्यता हाले । एक–दुई हजार, लाख होइन, करोड पनि होइन, करिब ३४ करोड रुपैयाँ । यत्रो ठग्दा पनि बैंकका न शाखा प्रमुखले पत्तो पाए, न केन्द्रीय कार्यालयले ।

जब उनी राजीनामा दिएर विदेश पलायन भए, बल्ल पोल खुल्यो । अब उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परिसकेका छन् । गौतमसहित ८ जनाविरुद्ध जनही ३४ करोड बिगोसहित अदालतमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । गौतमको फर्जी कारोबार र रकम हिनामिनाबारे चुपचाप बसेकाले स्वयम्भूका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँविरुद्ध पनि अख्तियारले मुद्दा हालेको छ । गौतम र बानियाँ दुवैलाई १० वर्ष कैद माग गरिएको छ ।

गौतमले आफ्नो नक्कली नाम तेजबहादुरको खातामा ट्रान्सफर गरेको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयबाट र अन्य विभिन्न बैंकबाट इलेक्ट्रोनिक चेक क्लियरिङ (ईसीसी) दुरुपयोग गरी भुक्तानी लिएको अख्तियारको अनुसन्धानले देखाएको छ । गौतम नक्कली नामबाट नागरिकता र राहदानी बनाएर विदेश फरार हुने योजनाअनुरूप भारत गएर बसेका थिए । उनलाई भारतको सिलिगुढीबाट पक्राउ गरिएको थियो । उनी पुर्पक्षका लागि थुनामा छन् ।

गौतमविरुद्ध अख्तियारले योजनाबद्ध ढंगबाट बैंकिङ प्रणालीको पासवर्ड चोरी गरी बैंकिङ सिस्टम दुरुपयोग गर्दै रकम हिनामिना गरेको र बैंकलाई नोक्सान पु‍¥याएको अभियोग लगाएको छ । शाखा अधिकृत गौतमसमेतले ०७१ असोजदेखि ०७२ असारसम्ममा गैरकानुनी तवरबाट ३३ करोड ९३ लाख रुपैयाँ निकाली बैंकलाई हानि पुर्याएको अख्तियारको दाबी छ । बानियाँले शाखा प्रबन्धकका हैसियतले रेमिट्यान्सलगायत आर्थिक कारोबार, कर्मचारी रेखदेख र नियन्त्रण, व्यवस्थापन र अभिलेख जाँच र दायित्व वहन नगरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

गौतमका दुई पत्नी छन् । जेठी पत्नी सम्झना पोखरेल गौतम र कान्छी पत्नी जेनी श्रेष्ठ गौतमले उक्त रकम दुरुपयोग गरेको अख्तियारले जनाएको छ । सम्झनाले पतिले बैंकबाट हिनामिना गरेको रकमबाटै कर्जा तिर्ने गरेको पाइएको छ । उनीमाथि गैरकानुनी तवरबाट निकालेको रकम कारोबार गर्न बैंक खाता खोल्न तथा बन्द गर्न प्रत्यक्ष संलग्न रहेको र आफ्नो नाममा भएका जग्गाजमिन सबै बेची हिनामिना गरेको रकम लुकाउन भारत बसाइँ सरेको आरोप छ ।

यस्तै कान्छी पत्नी जेनीले गौतमलाई विदेश फरार हुन सघाएको, नक्कली नागरिकता र राहदानी लिएर भारतमा बसेको जानकारी हुँदाहुँदै रकम लुकाउन र प्रयोग गर्न मद्दत गरेको आरोपपत्रमा उल्लेख छ । गौतमले बैंकको रकमबाट गाडीसमेत किनेका थिए । उनले किर्ते काममा ठूलो गिरोहको साथ लिएका थिए । तिनको पनि नागरिकता दुइटा बनाइएको थियो । गौतमसँग सुमन भुजेलले जग्गाको कारोबार गरेकाले उनीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

सन्दीप गुप्ताले अनियमित रकम बैंक खातामा जम्मा गरिदिनुका साथै भारत पठाउन गौतमलाई सघाएका थिए । सूर्यबहादुर लिम्बूले वसन्त राई भनी किर्ते नागरिकता बनाई गौतमले बैंकबाट अनियमित तवरले निकालेको रकम बैंक खातामा जम्मा गरिदिनुको साथै भारत पठाउनसमेत सहयोग गरेका थिए । कृष्णहरि थापाले राजीव थापाका नाममा नक्कली नागरिकता बनाई प्रस्तुत कसुरको मुख्य योजनाकार गौतमसँग मिलेमतो गरी विभिन्न व्यक्तिका नाममा नक्कली नागरिकता बनाउनुका साथै खाता खोल्न भूमिका निर्वाह गरेका थिए ।

गौतमका दुई पत्नीसहित अन्य ६ विरुद्ध दुई वर्षसम्म कैद वा बिगोबमोजिम जरिबाना गरी बिगोसमेत जफतको मागदाबी गरिएको छ । गौतमविरुद्ध गृह मन्त्रालयले झुठो नागरिकताको कसुरमा मुद्दा चलिरहेको छ भने बैंकिङ कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा चलाइरहेको छ । उनले नागरिकतासमेत नक्कली पेस गरेर स्वयम्भूमा चार र कृषि विकास बैंककै रत्नपार्क, पुतलीसडक, मंगलबजार, सातदोबाटोलगायत ७ वटा शाखामा १० वटा नक्कली खाता खोलेका थिए ।

यसबाहेक मेगा, सिभिल, नेपाल इन्भेस्टमेन्ट, लुम्बिनीलगायत ७ बैंकमा पनि नक्कली खाता खोलेको पाइएको प्रहरीले जनाएको छ । करोडौं हिनामिनापछि गौतमले पत्नीलाई डीभी परेको भन्दै बैंकबाट राजीनामा दिएका थिए । त्यसपछि अमेरिका जाने भन्दै उनी भारतको सिलिगुढीमा लुकेर बसेका थिए । अन्नपुर्णपोष्ट दैनिकबाट