१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीको समृद्धिका लागि एकताबद्ध हुनुपर्छ: प्रदेश प्रमुख जोशी



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको समृद्धिका लागि सुबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।

आज यहाँ वीरेन्द्रनगरमा सुरु भएको ‘कर्णाली युवा महोत्सव’ दोस्रो संस्करणको उद्घाटन समारोहमा उहाँले प्रदेशको समृद्धिका लागि बजेट खर्च क्षमता विकास गरिनुपर्ने र त्यसमा सरकार र जनप्रतिनिधि गम्भीर बन्नुपर्ने बताउनुभयो ।

प्रदेश प्रमुख जोशीले भन्नुभयो, “खर्च क्षमता नबढाउनु र हरेक वर्ष बजेट फ्रिज हुनु विकास रोकिनु हो । यसलाई सदुपयोग गर्दै कर्णालीको समृद्धिमा लगाउन सरकार र जनप्रतिनिधि एकताबद्ध हुनुपर्छ ।”

कर्णालीमा विकास नै नभएको भन्ने तर्कसँग आफू सहमत नरहेको भन्दै उहाँले विकासको गति बढाउन भने आवश्यक रहेको धारणा राख्नुभयो । “विकास नभएको होइन, भइरहेकै छ, तर समृद्ध र सुखी कर्णालीका लागि विकासका केही ढोकाहरू बन्द छन्, ती ढोका खोल्न र गति बढाउन आवश्यक छ । यसका अब युवाको साझा आवाज उठ्नुपर्छ”, प्रदेश प्रमुख जोशीले भन्नुभयो ।

उहाँले युवालाई स्वदेशमै राख्न सक्ने क्षमता कर्णालीसँग रहेकाले त्यसको पहिचान गरी सही उपयोग गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “ युवाहरूलाई विशेषगरी कृषिमा आकर्षित गर्नुपर्छ । यहाँको सबैभन्दा बढी सम्भावना रहेको स्याउ र सुन्तला खेतीमा युवाहरूलाई जोड्न लाग्नुपर्छ ।” रासस




भर्खरै