१२ श्रावण २०८३, मंगलवार
,
Latest
लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त कर्णाली मुख्यमन्त्रीमा नेता शाही नियुक्त एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम



अ+ अ-

काठमाडौँ। ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुक्रबार मस्कटमा श्रम सचेतना तथा व्यापार, निर्यात र लगानी प्रवद्र्धनसम्बन्धी कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै ओमानका लागि नेपालका राजदूत डोरनाथ अर्यालले बुद्ध जयन्तीको महत्व र भगवान् बुद्धका शिक्षाबारे प्रकाश पार्दै श्रम सचेतनाको आवश्यकता तथा नेपाल–ओमानबीच व्यापार, निर्यात र लगानीका सम्भावनाको खोजीमा जोड दिनुभएको उक्त दूतावासले जनाएको छ ।

राजदूत अर्यालले आर्थिक कूटनीति प्रवद्र्धन, निर्यात र लगानीका अवसर पहिचान तथा नेपाली श्रमिकको हित संरक्षणमा दूतावासले गरिरहेका प्रयासका साथै नेपालमा व्यापार, निर्यात र लगानीका सम्भावना, नेपालको आर्थिक हित प्रवद्र्धनमा आमानस्थित नेपाली समुदायको भूमिकाबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा निर्यात तथा लगानी प्रवद्र्धन, श्रम सचेतना तथा बुद्ध जयन्ती र श्रमिक दिवसका सन्दर्भमा छलफल भएको थियो । त्यस अवसरमा नेपाली सामाजिक क्लबका प्रतिनिधि, विज्ञ समूहका सदस्य, नेपाली व्यवसायी, उद्धार टोलीका सदस्य तथा समुदायका अन्य सदस्य गरी ७८ जनाको सहभागिता रहेको उक्त दूतावासले जनाएको छ । रासस