१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले देवानगञ्ज घटनापछि सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग भारतले धौलीगङ्गा बाँध खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुरीले मकैखेतीमा क्षति



अ+ अ-

सुनसरी।  बुधबार राति आएको हुरीले यहाँको इनरुवासहित जिल्लाका विभिन्न स्थानमा मकैखेतीमा क्षति भएको छ ।

जिल्लाका इनरुवा, भोक्राहा, हरिनगर, देवानगञ्जलगायत स्थानीय तहमा व्यावसायिक रूपमा गरेको मकैखेतीमा हुरीले धेरै क्षति भएको भोक्राहा–६ का किसान नगेन्द्रकुमार साहले बताउनुभयो ।

विगतमा गहुँखेती गर्दै आएकामा मकैबाट राम्रो आम्दानी हुने भन्दै यसपटक एक बिघा १५ कठ्ठामा मकैखेती गरेकामा हुरीले क्षति पु¥याएर समस्यामा पारेको उहाँको भनाइ छ ।

“मकैखेतीमा रु एक लाख ५० हजारसम्म खर्च भएको थियो । त्यसबाट रु चार लाखसम्म आम्दानी हुने आशा रहेकामा लगानीसमेत डुब्ने अवस्था आएको छ”, साहले भन्नुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले जिल्लामा गहुँखेती गर्दैै आएका धेरैजसो कृषक मकैखेतीतर्फ आकर्षित भइरहेकामा बेला बेला हुने यस्ता विपद्ले समस्यामा पार्ने गरेको बताउनुभयो ।

यस पटक हुरीका करिब १० देखि २० प्रतिशतसम्म उत्पादनमा कमी आउने अनुमान रहेको र क्षतिको विवरण सङ्कलनको काम भइरहेको उहाँले बताउनुभयो ।

जिल्लामा २०८२/८३ मा ११ हजार २०० हेक्टर क्षेत्रफलमा हिउँदे र वसन्ते मकैखती गरिएको थियो । रासस