१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सभापति रवि लामिछाने र डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।

सभापति लामिछानेको निजी निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । सभापति लामिछानेसँग संयुक्त राज्य अमेरिका–नेपाल साझेदारीलाई सुदृढ पार्ने बारेमा छलफल भएको गोरले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिनुभएको छ ।

उहाँले नेपालको नयाँ सरकारसँग परिवर्तनको लागि अविश्वसनीय जनादेश रहेको र उनीहरूले घोषणा गरेका सुधारहरू धेरै आशाजनक रहेको समेत उल्लेख गर्नुभएको छ । गोरले नयाँ सरकारसँग नजिकबाट काम गर्न तत्पर रहेको समेत उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ ‘संयुक्त राज्य अमेरिका–नेपाल साझेदारीलाई सुदृढ पार्ने बारेमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग भेट्न पाउँदा खुशी लाग्यो । नेपालको नयाँ सरकारसँग परिवर्तनको लागि अविश्वसनीय जनादेश छ, र उनीहरूले घोषणा गरेका सुधारहरू धेरै आशाजनक छन्। हामी नजिकबाट काम गर्न तत्पर छौं।’