६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण



अ+ अ-

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिका युवा समाजसेवी अम्मर विष्टले यहाँका दुईवटा सामुदायिक विद्यालयका २४२ जना विद्यार्थीलाई पोसाक वितरण गरेका छन् ।

अमेरिका बस्दै आएका विष्टले यहाँको तिला गाउँपालिका–१ स्थित रारा गाउँमा रहेको महादेव आधारभूत विद्यालयका १३३ जना र तातोपानी गाउँपालिका–६ स्थित हियाँखोलामा रहेको कालिका आधारभूत विद्यालयका ११० जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको महादेव विद्यालयका प्रधानाध्यापक सरिता रावतले जानकारी दिइन् ।

प्रायः गाउँका निम्न आय स्रोत भएका बच्चाहरू पढ्ने गर्छन् । विदेशमा कमाएको पैसा बचत गरी केही राहत होस् भनेर गाउँका आधारभूत विद्यालयका विद्यार्थीलाई पोसाक(ट्रयाक सुट) र टिसर्ट वितरण गरिएको समाजसेवी अम्मर विष्टले जानकारी दिइन् ।

विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू विपन्न परिवारबाट रहेका र उनीहरूको आर्थिक अवस्था सबल नभएको कारण ती विद्यार्थीहरूको पठनपाठनमा आउने कठिनाइहरूमा केही सहजता होस् भन्ने उद्देश्यले आफूले यहाँका दुईवटा विद्यालयमा पोसाक प्रदान गरेको युवा समाजसेवी विष्टले बताइन् ।

विद्यार्थीको पठनपाठनमा सहजतासँगै विद्यार्थीबीच पोसाकले एकरूपता ल्याउने महादेव आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बुढाको भनाइ छ । पोसाकका कारण विद्यार्थी विद्यालयमा उपस्थित नहुने वातावरण अन्त्यका लागि उक्त पोसाकले मद्दत पुग्ने वडाध्यक्ष जङ्गबहादुर बस्नेतले बताए ।

वडाध्यक्ष बस्नेतले भने, “शिक्षित समाजको पहिलो आधार नै शिक्षा हो, शिक्षालाई सुधार गर्न सकेमात्र समुन्नत समाज बन्न सक्छ ।” उनका अनुसार विद्यार्थीलाई पोसाकको कारण अब असहज हुने छैन । वडाले शैक्षिक सुधारको अन्त्यका लागि विभिन्न गतिविधि सञ्चालन गर्दे आएको वडाध्यक्ष बस्नेतको भनाइ छ ।