१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स

फेल भएकालाई पास गराउने आरोप लागेको त्रिवि सेवा आयोग सुधारको बाटोमा

फेल भएकालाई पास गराउने आरोप लागेको त्रिवि सेवा आयोग सुधारको बाटोमा
अ अ+ अ-

काठमाडौं । उत्तरपुस्तिका सच्च्याएर र अनुत्तीर्णलाई उत्तीर्ण गरेर दुर्नाम कमाएको राष्ट्रकै जेठो प्राज्ञिक प्रतिष्ठान त्रिभुवन विश्वविद्यालयले आफूलाई सुधारको बाटोमा अघि बढाएको छ ।

विश्वविद्यालयले आफूलाई सुधार्ने सिलसिलामा विगतका अनुभवबाट पाठ सिक्दै परीक्षा प्रणालीमा सुधारका काम थालेको छ भने सेवा आयोगले पनि ‘डबल कोडिङ’ परीक्षा प्रणाली शुरु गरेको हो ।

आयोगले हाल सञ्चालन गरिरहेको उपप्राध्यापकको परीक्षामा पहिलो पटक ‘सिङ्गल कोडिङ’ हटाएर ‘डबल कोडिङ’ शुरु गरेको हो । आयोगले कुनै पनि विषयको प्रश्नपत्र तयार गर्दा कम्तीमा तीनचार जनालाई पहिलो प्रश्न लगाउन थालेको आयोगका अध्यक्ष प्रा डा लालुप्रसाद पौडेलले बताउनुभयो । ‘डबल कोडिङ’ मा उम्मेदवारले पहिले एउटा कोड नम्बर लेखेको हुन्छ । परीक्षार्थीले लेखेको त्यो नम्बर च्यातेर नयाँ कोड नम्बर दिइन्छ । यो प्रणालीमा कापी जाँच गर्ने व्यक्तिलाई आफूले कसको कापी जाँच गरिरहेको छु भन्नेसमेत पत्तो हुँदैन ।

पहिलो र दोस्रो पत्रका लागि उत्तरपुस्तीका पनि फरक–फरक हुने उहाँले बताउनुभयो । दुबै पत्रको कापी फरक–फरक व्यक्तिले जाँच गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “फरकफरक व्यक्तिबाट कापी जाँच गर्दा निष्पक्ष हुन सहयोग पुग्ने देखिएको छ ।”

आयोगले लिने परीक्षा लोकसेवा आयोगकै ढाँचामा लिन शुरु गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । यसअघिका सबै परीक्षामा ‘सब्जेक्टिभ’ प्रश्न मात्रै सोधिने गरिएकामा अहिले एउटा पत्रमा ‘सब्जेक्टिभ’ र एउटा पत्रमा ‘अब्जेक्टिभ’ प्रश्न सोध्न थालिएको हो । लिखित परीक्षासँगै अन्तरवार्तालाई पनि व्यवस्थित बनाउन प्रयास गरिएको उहाँले बताउनुभयो । अन्तरवार्ता लिने दुई जना विज्ञले एक सय पूर्णाङ्कमा घटीमा ४० र बढीमा ७० अङ्क दिनुपर्ने व्यवस्था मिलाइएको छ । दुवै विज्ञले कारण खुलाएर ७० भन्दा बढी अङ्क दिँदा मात्रै त्यो मान्य हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै एक जना व्यक्तिले चाहेर मात्रै बढी अङ्क दिन मिल्दैन ।”

परीक्षा प्रणाली सुधार गर्नकै लागि अनलाईन पद्दतिबाटै फारम भर्ने व्यवस्था मिलाइएको अध्यक्ष पौडेलले बताउनुभयो । आवेदन दिन चाहने व्यक्तिले घण्टौँसम्म लाममा बसेर फारम बुझाउनुपर्ने बाध्यताको अन्त्य गर्नका लागि अनलाइन पद्धति शुरु गरिएको हो । पहिले पहिले फारम भर्नका लागि देशभरबाट काठमाडौँ नै आइपुग्नुपर्ने बाध्यता थियो । अहिले देशका जुनसुकै स्थानबाट फारम भर्न सकिन्छ । यसले गर्दा आवेदन दिनेको सङ्ख्या बढी हुने उहाँको भनाइ छ । कार्यालयलाई डिजिटल प्रणालीमा जानका लागि सफ्टवेयर राख्नेसँगै दक्षप्राविधिक चाहिने हुँदा केही खर्चिलो देखिएको छ । उहाँले भन्नुभयो, “त्यति हुँदाहुँदै धेरैभन्दा धेरै व्यक्ति परीक्षा प्रणालीमा सहभागी हुने हामीले अपेक्षा गरेका छौँ ।”

सेवा आयोगले नाम जस्तो स्वायत्त निकाय नहुँदा स्वायत्त रुपमा काम गर्ने वातावरण भने नभएको अध्यक्ष पौडेलले बताउनुभयो । विश्वविद्यालयका अरु शाखा जस्तै यो पनि एउटा शाखाका रुपमा रहेको छ । विश्वविद्यालयका नियमले आयोगलाई बाँधिराखेको उहाँले बताउनुभयो । कति पूर्णाङ्कको परीक्षा लिनेदेखि पास नम्बर कति राख्नेसम्म विश्वविद्यालयकै कार्यकारीले निर्णय गर्दै आएका छन् । विश्वविद्यालय बाहेक कतिपय अवस्थामा स्थानीयवासीको चाहनासमेत सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ मात्रै नभएर अरु विश्वविद्यालयमा समेत कर्मचारीमा स्थानीयवासीका लागि सिट छुट्टाउनुपर्ने बाध्यता छ ।”

आयोगले गतवर्ष पुसमा १६६ विषयका लागि ५५५ जना सह–प्राध्यापकको लागि विज्ञापन गरेको थियो । झण्डै एघार महिनापछि कात्तिक २८ देखि त्यही विज्ञापनका आधारमा परीक्षा सञ्चालन भइरहेको छ । अघिल्लो नेतृत्वले गरेको विज्ञापनका आधारमा नयाँ नेतृत्वले परीक्षा सञ्चालन गरिरहेको हो । झण्डै नौ सय जना कर्मचारीका लागि केही समयपछि नै विज्ञापन हुने आयोगले जनाएको छ । जसमध्ये झण्डै ५५० जना खुल्लातर्फ माग हुने छ । विश्वविद्यालयमा अहिले दरबन्दीभन्दा आधा मात्रै कर्मचारी कार्यरत रहेका छन् ।

त्रिवि सेवा आयोगले प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि लिइएको परीक्षामा प्राप्ताङ्क फेरबदल गरेको भनी अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष चैतन्यप्रसाद शर्मालगायतका १० जनालाई विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो ।

आयोग पदाधिकारीविहीन भएपछि शिक्षामन्त्री गिरीराजमणि पोखरेलको सिफारिसमा विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पौडेललाई नियुक्त गर्नुभएको थियो ।