६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

हुप्सेकोटमा छयहत्तर जना सुत्केरीलाई पोषण खर्च

हुप्सेकोटमा छयहत्तर जना सुत्केरीलाई पोषण खर्च
अ+ अ-

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ७६ जना सुत्केरीलाई रु पाँच हजारका दरले पोषण खर्च उपलब्ध गराएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म ‘सुत्केरी स्याहार पोषण खर्च कार्यक्रम’मार्फत गाउँपालिकाभित्रका ७६ जना सुत्केरीलाई रकम हस्तान्तरण गरिएको हो ।

सुत्केरी भएपछि आमा र नवजात शिशुको स्वास्थ्य तथा पोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यले पोषण खर्च दिने कार्यक्रम सञ्चालन गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो ।

“सुत्केरी आमालाई आर्थिक सहायता, पोषण र स्याहारको खाँचो विशेष रूपमा महसुस हुन्छ यिनै आवश्यकतालाई बुझेर गाउँपालिकाका तर्फबाट केही भए पनि रकम दिने व्यवस्था मिलाइएको हो,” उहाँले भन्नुभयो ।

हुप्सेकोट गाउँपालिकाभित्र रहेका सबै वर्ग समुदायभित्रका महिलालाई सुत्केरी समयमा आधारभूत पोषणको कमी नहोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । सुत्केरी भएपश्चात् बैङ्क खातामा रकम पठाइने भए तापनि तत्कालको गर्जो सापटीमार्फत चलाउन सक्ने आधार पोषण खर्च कार्यक्रमले सुनिश्चित गरेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

“यो कार्यक्रममार्फत मातृ र शिशु मृत्यु दर घटाउने हाम्रो प्रयास हो,” उहाँले भन्नुभयो, “हामी चाहन्छौँ सुत्केरी महिला पोसिलो आहार खान सकून्, आफूलाई स्याहार गर्न सकून् ।” गाउँपालिकाले यो कार्यक्रमलाई मातृ स्वास्थ्यसँगै महिला आत्मनिर्भरताको पनि एउटा पाइलाको रूपमा लिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले  बताउनुभयो ।

“हामीले पोषण खर्चका साथै स्वास्थ्य सल्लाह, नियमित जाँच, र भिटामिन वितरणजस्ता सेवा पनि सँगसँगै प्रवाह गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

हुप्सेकोट गाउँपालिकाभित्र स्थायी बसोबास गरेका महिला गर्भवती अवस्थामा चार पटक स्वास्थ्य संस्थामा परीक्षणका लागि गएको, स्वास्थ्य संस्थामा सुत्केरी भएको र बच्चाको जन्म दर्ता गरेको प्रमाण पेस गरेपछि गाउँपालिकाले रकम उपलब्ध गराउने गरेको छ ।

यो सहायता रकम महिला आफैँले प्रयोग गर्नसक्ने व्यवस्था गरिएको हुप्सेकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।

“कार्यक्रममार्फत गर्भवतीको नियमित स्वास्थ्य परीक्षण, अस्पतालमा नै सुत्केरी हुने अवस्था र नवजात शिशुको समयमै जन्म दर्ता गराउने बानीको विकास भएको पाएका छौँ,” उहाँले भन्नुभयो, “एउटै कार्यक्रमले मातृ शिशुको स्वास्थ्य सँगसँगै बच्चाको जन्म दर्ताको सुनिश्चितता गरेको छ ।” रासस