८ पुष २०८२, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ: प्रधानन्यायाधीश पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ व्यास नगरपालिकामा फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु सुनको मूल्यमा भारी वृद्धि ‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकाएक बुद्ध एयरले उडान बन्द गर्ने



अ+ अ-

काठमाडौं । भारतका दुई शहरलाई अन्तर्राष्ट्रिय उडान गन्तव्य बनाएर उडान गर्दै आएको बुद्ध एयरले कोलकाता उडान बन्द गर्ने भएको छ ।
कोलकाता उडान शुरु गरेको ६ महिनामै रु १० करोड भन्दा बढी नोक्सान भएपछि उडान बन्द गर्ने तयारी गरिएको बुद्ध एयरले जनाएको छ ।
सो एयरका बजार व्यवस्थापक रुपेश जोशीले यही मङ्सिर १६ गते कोलकाता उडानको अन्तिम दिन हुने जानकारी दिनुभयो ।

फाइल तस्बीर

नेपालबाट कोलकाता उडान राम्रो भए पनि कोलकाताबाट नेपाल आउने यात्रुको सङ्ख्यामा वृद्धि हुन नसक्दा भ्रमर्ण वर्षको सङ्घारमा उडान बन्द गर्नु परेको बुद्ध एयरले जनाएको छ ।

कोलकाता उडान बन्द भए पनि बनारस उडान भने बन्द नहुने बजार निर्देशक जोशीले जानकारी दिनुभयो । कोलकाता उडान बन्दका लागि बुद्धले नेपाल नागरिक उडड्यन प्राधिकरण ९क्यान० र भारतको सिभिल एभिएसनलाई सूचना गरिसकेको जनाएको छ । बुद्ध एयरले गत जेठ १३ गतेदेखि एटिआर ७२–५०० विमानबाट काठमाडौँ–कोलकाता उडान शुरु गरेको थियो । सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार गरी ६ महिनामा १५० उडानमार्फत ६ हजार यात्रुलाई सेवा प्रवाह गरेको जनाएको छ ।