४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

बाख्रापालनले महिलाको आयआर्जनमा वृद्धि

बाख्रापालनले महिलाको आयआर्जनमा वृद्धि
अ+ अ-

पाल्पा । पाल्पा निस्दी– ५ गल्धा बेलडाँडाकी भुवानी फालले खसी–बोका बिक्रीबाट एक वर्षमा रु दुई लाख ६५ हजार ५८५ बुझिन् । उनले घरधन्दा सकेर फुर्सदको समयमा पालेको बाख्राले यसरी आम्दानी होला भनेर सोचेकी थिइनन्  ।

“बाख्रापालनबाट राम्रो आम्दानी लिन सकेकी छु”, उनले भनिन्, “मलाई सन्तुष्टि मिलेको छ ।” उनको घरमा अहिले पनि २५ भन्दा बढी बाख्रा छन् ।

पाल्पा ढुङगानावेँशीका नारायणी ढुङगानाले पनि वार्षिक एक लाख २८ हजार रुपैयाँभन्दा बढी बाख्रापालनबाट आम्दानी गरेकी छन् । एक वर्षमा घरमै बसेर यति धेरै आम्दानी होला भनेर उनले सोचकी थिइनन् । तर बाख्रा पालेर आम्दानी राम्रो भएको उनले बताईन् । ‘यस्तो राम्रो आम्दानीको स्रोतका विषयमा मलाई पहिला जानकारी भएन’, उनले भनिन् ।

विभिन्न सहकारी संस्थामा आवद्ध भएका महिलाहरुलाई बाख्रापालनबाट राम्रो फाइदा भएको हो । आम्दानीको स्रोतका रूपमा उनीहरूले बाख्रलाई लिन थालेका हुन् । यसअघि आफूलाई आवश्यक चुरा, टीका, पोतेसमेत किन्न पैसा नहुने गरेकोमा पछिल्लो समय उनीहरु घरखर्च चलाउन, छोराछोरी पढाउनलगायत आफूलाई आवश्यक परेका बेला आफैंले खर्च गर्ने पैंसा जुटाउन थालेका छन् ।

पाल्पाको निस्दी गाउँपालिका–५ स्थित गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले गतवर्ष खसी–बोका बिक्रीबाट ५४ लाख तीन हजार ६३ रुपैयाँ आम्दानी गरेको थियो । संस्थाका व्यवस्थापक दिलमाया सारुका अनुसार महिलाले गाउँमा लोकल कुखुरापालन, बोडा, सिमी, गहत, सुन्तला बिक्रीबाटसमेत आम्दानी दिने गरे पनि आर्थिक उपार्जनको मुख्य बाटो बाख्रापालन रहेको छ । उहाँले आगामी वर्ष एक हजार २०० खसी बोका बिक्री गर्ने लक्ष्य लिएको बताउनुभयो ।

त्यस्तै पाल्पा बहपुरका भूमिसरा राना पनि यसवर्ष १४ वटा खसीबोका बिक्री गरेपछि बुझेको रकमले दङ्ग छन् । महिलाले यसरी कमाएको केही रकम सहकारीमा जम्मा गर्छन् केही आफूले घरव्यवहार चलाउँदै आएका छन् । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले सरकारले सहकारीलाई तीन खम्बे अर्थ नीतिमा जोड दिएको स्मरण गराउँदै आयआर्जन कृषि उत्पादन तथा खसीबाख्रा बिक्रीबाट धेरै आम्दानी गर्ने महिलालाई गाउँपालिकाले पुरस्कृत गर्ने बताउनुभयो ।

हेफर नेपाल र ग्रामीण विकास सङ्घ रेडाको सहयोगमा बाख्रापालन हुन थालेपछि महिला आत्मनिर्भर बनेको महसुुस गर्न थालेका छन् । त्यस्तै रम्भा गाउँपालिका पाल्पामा रहेको उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थामा आवद्ध महिला पनि खसीबाख्रा बिक्रीबाटै राम्रो आम्दानी गर्दै आएका छन् । रम्भा गाउँपालिका–२ का हुमीकुमारी पाडेमगरले सातवटा खसी बिक्रीबाट ८५ हजार २०० रुपैयाँ आम्दानी लिएका छिन् ।

त्यस्तै रम्भा बेलौजीका लक्ष्मी आलेले पनि गएको दशैँमा तीन वटा खसी बिक्रीबाट आएको आम्दानीले दशैं पर्व मनाएको छ । उहाँका अनुसार चाडपर्व नजिकिएपछि खसी बिक्री गर्यो, आम्दानी हुन्छ । पैसाको खाँचो हुदैन् ।

उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाले यसवर्ष दशैं तिहार पर्वलाई मध्येनजर गर्दै करीब ५०० को हाराहारीमा खसीबोका बिक्री गरेको सहकारीका अध्यक्ष गङ्गीसरा सिञ्जालीको भनाइ छ । फोक्सिङ्कोटमा यसवर्ष चाडपर्वलाई मध्यनजर गर्दै ६ वटा स्थानमा खसीबोका सङ्कलन केन्द्र स्थापना गरेर बिक्री गर्ने सहकारीले प्रबान्ध मिलाएको थियो । खसी बिक्री गर्दा खरीदकर्ताले प्रतिकिलो रु पाँचका दरले सहकारीलाई बुझाएका छन् ।

पाल्पा जिल्लामा अहिले २०० बढी सहकारी संस्था लिमिटेड रहेकोमा ५० भन्दा बढी महिला सहकारी संस्थामा रहेको जिल्ला सहकारी सङ्घका सदस्य सूर्यप्रसाद रेग्मीले जानकारी दिनुभयो । जिल्लाका अधिकांश सहकारी संस्थामा आवद्ध महिलाले सचेतना बृद्धिसँगै आयआर्जनमूलक कार्य गर्दै आएका छन् ।

सधैं घरधन्दा र चुलोचौकामा व्यस्त हुने महिला घरको काम धन्दा सकेर आयआर्जन गर्नका निम्ति कृषि उत्पादन तथा पशुपालनमा उन्मुख हुन थालेका छन् । यसबाट उनीहरु आत्मनिर्भर बन्दै गएका छन् । सहकारीले आफ्नो परिचय दिनसमेत नसक्ने महिलाहरुलाई सबैसँग खुलेर बोल्न, सरसफाइ तथा व्यवहारिक सीपसमेत सिकाएको छ ।