८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरकारी बजारमा प्याजको मुल्य अहिलेसम्मकै उच्च, कतीमा हुदैछ किनबेच



अ+ अ-

काठमाडौं । तरकारी बजारमा प्याजको मूल्य किलोको २ सय ३० पुगेको छ। कालिमाटी फलफूल तथा तरकारी बजारले मंगलबार प्याजको मुल्य २ सय ३० पुगेका बताएको हो ।

गत साउनदेखि नेपाली बजारमा प्याजको भाउ बढ्न थालेपछि पछिल्लो समय लगातार बढिरहेको छ। असारसम्ममा प्रतिकेजी ५० रुपैयाँभन्दा कम रहेको प्याजको मूल्य साउनमा ५५ रुपैयाँ पुग्यो।

लगातार बढिरहेको प्याज असोजदेखि दोब्बरले बढेर सय रुपैयाँभन्दा माथि पुग्यो। कालिमाटी बजारमा सोमबारसम्म प्रतिकेजी खुद्रा प्याजको मूल्य अधिकतम दुई सय रहेकोमा मंगलबार ३० रुपैयाँले बढेको हो।

नेपाली प्याजको बजार भारतीय उत्पादनमा भरपर्ने भएकाले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको हो। भारत सरकारले भने प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। तर, नेपाली बजारमा भारतबाट प्याजको आयात भइरहेको छ।