६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

३८० वर्ष पुरानो ‘माण्डव्य ऋषिको रथयात्रा’

३८० वर्ष पुरानो ‘माण्डव्य ऋषिको रथयात्रा’
अ+ अ-

पाल्पा। तानसेन नगरपालिका–९ दमकडामा ३८० वर्ष पुरानो माण्डव्य ऋषिको रथयात्रा निकालिएको छ ।

माण्डव्य ऋषिको तपोभूमिका रूपमा रहेको माडीफाँटको दक्षिण दमकडास्थित माण्डव्य ऋषिको मन्दिरबाट आज उक्त रथयात्रा निकालिएको हो ।

हरेक वर्ष वैशाख पूर्णिमाका दिन रथयात्रा निकाल्ने गरिन्छ । मन्दिर स्थापना भएको ३७७ वर्ष पूरा भएको अवसरमा पहिलोपटक यहाँ रथयात्रा निकालिएको थियो । यो चौथो रथयात्रा हो ।

माण्डव्य क्षेत्र उत्थान प्रतिष्ठानका तानसेनको आयोजना र तानसेन नगरपालिका–९ वडा कार्यालयको सहआयोजनामा रथयात्रा निकालिएको हो । रथयात्रा तिन्टीआप, दमकडा र अम्लेयान क्षेत्रमा घुमाइएको थियो । रथयात्राका क्रममा स्थानीय भजनकीर्तन, पञ्चेबाजा, ब्याण्डबाजासहित सङ्घसंस्था, टोल विकास संस्था, स्थानीय आमा समूहको सहभागिता रहेको थियो ।

माण्डव्य ऋषिको योगदानलाई जनमासमा पुर्याउन र बैदिक परम्परागत कला, संस्कृति जोगाउन विगत चार वर्षदेखि रथयात्रा निकाल्न थालिएको माण्डव्य क्षेत्र उत्थान प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम अर्यालले बताउनुभयो । छ हजार वर्ष अगाडि माण्डव्य ऋषिले तपस्या गरेको तपोभूमि भएकाले यसको धार्मिक तथा ऐतिहासिक महत्व रहेको उहाँको भनाइ छ ।

ऋषिकै नामबाट नामकरण गरिएको माडीफाँटको किनार दमकडामा मन्दिर स्थापना गरिएको छ । तपस्या र साधनायुक्त ठानिने माण्डव्य ऋषिको यहाँ मन्दिर स्थापना गरिएको स्थानीय पत्रकार प्रकाश नेपालले बताउनुभयो ।

धार्मिकशास्त्रमा ऋषिको व्यख्याअनुरूप महत्त्व र महिमा ठूलो भए पनि प्रचारप्रसारको कमीले गर्दा ओझेलमा परेको उहाँको भनाइ छ । रथलाई विगतमा जस्तै उत्साहजन रूपमा निकालिएको प्रतिष्ठानका सदस्य लोकनाथ अधिकारीले बताउनुभयो । उहाँका अनुसार यो मन्दिर विसं १७०३ मा स्थापना गरिएको थियो ।

पुरानो र ऐतिहासिक, धार्मिक सम्पदाका रूपमा रहेको यो मन्दिरको प्रचारप्रसार नहुँदा भने ओझेलमा परेको छ । मन्दिरको आफ्नै महत्त्व र इतिहास रहे पनि सम्बन्धित निकायले चासो नदिँदा भने ओझेलमा पर्न गएको हो । स्थानीय धार्मिक, सांस्कृति, पर्यटकीय सम्पदाको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको रहे पनि विगतका स्थानीय सरकारले यस्ता सम्पदाप्रति बेवास्ता गर्दा ओझेलमा परेका हुन् । अहिलेको स्थानीय सरकारले भने माण्डव्य ऋषि मन्दिरको प्रचारप्रसारमा केही चासो देखाएको छ ।

यो मन्दिरको प्रचारप्रसार गरी धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्य राखेर तानसेन नगर सरकार र वडा कार्यालयले चासो देखाएका छन् । मन्दिर स्थापना भएको केही वर्षसम्म रथ निकाल्ने पराम्परा रहे पनि लामो समययता निकालिएको थिएन । वडाबाट केही बजेट विनियोजन भएपछि भने अहिले रथयात्राले निरन्तरता पाएको प्रतिष्ठानले जनाएको छ ।

रथयात्रा प्रसिद्ध महर्षि माण्डव्य ऋषिको योगदानको सम्मानमा निकाल्ने गरिएको वडाध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “माण्डव्य ऋषिको तपोभूमि, साधनाभूमि र शास्त्रार्थस्थका रूपमा परिचित यस क्षेत्रको प्रचारप्रसार गर्नुका साथै स्थानीय धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्नु यसको उद्देश्य रहेको छ ।” यहाँको मन्दिर पुनर्निर्माणका लागि पूर्वमन्त्री तथा स्थानीय सोमप्रसाद पाण्डेले सङ्घीय सरकारमार्फत बजेट विनियोजन गर्नुभएको थियो ।

यो क्षेत्र प्राचीनकालदेखि नै माण्डव्य ऋषिको तपस्यास्थलका रूपमा चिनिँदै आएको छ । पद्म पुराणमा उल्लेख भएअनुरूप माडीफाँट आसपासदेखि सत्यवतीसम्म माण्डव्य ऋषिको प्रसङ्ग जोडिने गर्दछ । माण्डव्य ऋषिले साधनाको क्षेत्रमा मात्र नभई आयुर्वेदिक चिकित्सा क्षेत्रमा समेत उत्तिकै दख्खल राखेको पाइन्छ ।

माण्डव्य ऋषिको नेपाल सरकारले केही समय अगाडि हुलाक टिकट प्रकाशनमा ल्याएको थियो । यसको महत्व र महिमा धेरै भए पनि प्रचारप्रसारको कमीले गर्दा ओझेलमा परेको छ । रासस