६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार, दर्जनौँ पक्राउ

मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार, दर्जनौँ पक्राउ
अ+ अ-

इस्तानबुल। टर्कीएको प्रहरीले शुक्रबार इस्तानबुलमा मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार गर्नुका साथै दर्जनौँ मानिसहरूलाई पक्राउ गरेको छ।

सिएचडी लयर्स एसोसिएसनका अनुसार इस्तानबुलमा करिब ४०मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार, दर्जनौँ पक्राउ० जना पक्राउ परेका छन्, जहाँ प्रहरीले दङ्गा नियन्त्रण गर्ने गाडीबाट भीडमा अश्रुग्यास प्रहार गरेको थियो।

विपक्षी च्यानल एचएएलके टिभीमा प्रसारण भएका तस्वीरमा टर्कीएको वर्कर्स पार्टीका अध्यक्ष एरकान बासमाथि पनि अश्रुग्यास प्रहार भएको देखिएको छ ।

उहाँले भन्नुभयो, “सत्तामा बस्नेहरुले वर्षमा ३६५ दिन बोल्छन्, त्यसैले कामदारहरुले वर्षमा कम्तीमा एक दिन आफूले भोग्ने कठिनाइबारे कुरा गरून् ।”

शहरको युरोपेली पक्षमा दुई समूहले ताक्सिम स्क्वायरमा प्रदर्शन गर्ने प्रयास गरेपछि उनीहरूलाई विशेष रूपमा तितरवितर पारिएको थियो ।

विगतमा धेरै सरकार विरोधी प्रदर्शनहरूमा ताक्सिम स्क्वायरमा प्रदर्शन गर्ने गरिएको थियो तर प्रहरीले सहरको सुरक्षालाई मध्यनजर गर्दै बन्द गरेको थियो ।

श्रमिक युनियनका एक अधिकारी बसरन अक्सुलाई तक्सिममा प्रदर्शनमा रोक लगाएपछि पक्राउ गरिएको थियो।

“तपाईं टर्कीएका कामदारहरूको लागि एक वर्ग बन्द गर्न सक्नुहुन्न। सबैले आधिकारिक समारोहहरूको लागि, उत्सवको लागि तक्सिम प्रयोग गर्छन्।

केवल मजदुर र गरिबहरूले मात्र उनीहरूका लागि तक्सिम स्क्वायर बन्द पाउँछन्,” उहाँले रिस पोख्दै भन्नुभयो ।

मजदुर वर्गको हित र अधिकारका लागि विश्वभर मे १ लाई विशेष अवसरका रूपमा मनाइन्छ तर टर्कीएमा हरेक वर्ष व्यापक प्रहरी हस्तक्षेप हुने गर्छ ।

गत वर्ष प्रदर्शन शहरको कादिकोय क्षेत्रमा सारिएको थियो र ४०० भन्दा बढी मानिसहरू पक्राउ परेका थिए।

शुक्रबार प्रहरीको ठूलो तैनाथीबीच धेरै दङ्गाहरू भएका र नियन्त्रणका लागि धातुका ब्यारिकेडहरू राखी इस्तानबुलको मध्य छिमेकमा पहुँच अवरुद्ध भएको थियो ।

एएफपीले ‘टर्कीएको सत्तारूढ पार्टी’ एकेपी सहयोगीको नारा लगाउँदै भीडमा अश्रुग्यास प्रहार गरेको थियो ।

मजदूर युनियन र नागरिक समाज सम्बद्ध सङ्घहरूले मे १ मा भोको पेटलाई खाना, शान्ति र स्वतन्त्रता भन्ने नाराका साथ प्रदर्शनको आह्वान गरेका थिए।

सरकारी तथ्याङ्क अनुसार टर्कीएमा मुद्रास्फीति ३० प्रतिशतभन्दा बढी भएको अनुमान गरिएको छ तर स्वतन्त्र अनुमान र विश्लेषण अनुसार ४० प्रतिशतको हाराहारी रहेको बताउने गरिएको छ।

एएफपीका एक पत्रकारका अनुसार अङ्कारामा तलब बक्यौताको माग गर्दै नौ दिने भोक हड्ताल गरेका कोइला खानीमा काम गर्ने करिब १०० जना मजदूरले मे डे मार्चमा सामेल भइरहँदा खुशी मनाएका थिए ।

यस हप्ताको सुरुमा, टर्कीएका अधिकारीहरूले ६२ जनाविरुद्ध पक्राउ र खोजी वारेन्ट जारी गरेका थिए, जसमध्ये पत्रकार, ट्रेड युनियनका नेता र विपक्षी नेताहरू सहित ४६ जनालाई पक्राउ गर्न सक्ने बताउनुभएको थियो ।  (रासस/एएफपी)